२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

भैरहवा विमानस्थलको धावनमार्गबाट राति चिप्लिएको बुद्ध एयरको जहाज निकाल्ने तयारी

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ २८, २०८१

 

रुपन्देही । शुक्रबार बिहानबाट बुद्ध एयरको प्राविधिक टिम, विमानस्थलको ग्राउण्डह्याण्डलिङ कर्मचारी र सुरक्षाकर्मीले विमानलाई निकालेर अराइभलमा ल्याउने प्रयास गरिरहेका छन् ।
विमानस्थल प्रशासनका अनुसार विमानका तीनवटै चक्का माटोमा धसेका कारण समय लागेको हो । चक्का माटोमा गडेका छन् । छिटोभन्दा छिटो विमानलाई निकालेर उडान सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । जहाजका पंखा धावनमार्गमै रहेका कारण उडान सञ्चालन गर्न कठिनाइ भइरहेको हो । जहाज चिप्लिएपछि बुद्ध एयरको रेस्क्यु टिम राति दुई बजे अर्को विमानमा भैरहवा अवतरण गरेको थियो । जहाज चिप्लिए लगत्तै विमानस्थलको ग्राउण्डह्याण्डलिङ टिम सुरक्षाकर्मी र कर्मचारी यात्रुको उद्धार र जहाजलाई निकाल्न खटिएका थिए । बिहानैसम्म विमानस्थल कर्मचारी खटिएका थिए ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जतिसक्दो छिटो जहाज निकालेर उडान सञ्चालन गर्ने प्रयास भइरहेको बताए । ‘हामीले डिपार्चर खुलाउने तयारी गरेका छौं,’उनले भने, ‘छिट्टै उडान सञ्चालनमा आउँछन् ।’ चालकदलका सदस्यसहित ५९ जना सवार जहाज बिहीबार राति १० बजेतिर अवतरण गर्ने क्रममा चिप्लिएको थियो । लगत्तै उद्धारकर्मीले सबै यात्रुलाई सुरक्षित निकालेका थिए । राति नै यात्रु गन्तव्यमा गइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!