२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

भैरहवा विमान स्थलमा रनवेको क्रममा बुद्धएयरको जहाज चिप्लियो ५९ जना यात्रुहरु सकुशल

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आषाढ २८, २०८१

रुपन्देही । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेबाट ४/५ मिटर चिप्लिएर किनारमा पुगेको छ ।

विमानस्थल प्रशासनका अनुसार जहाजको चक्काले माटो छोएको छ । रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरका अनुसार जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ ।

बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ गरी जहाजलाई तानेर एराइभलतर्फ ल्याउन प्रयास गरिरहेको विमानस्थल स्रोतले जानकारी दिएको छ । काठमाडौंबाट साढे ९ बजे उडेको जहाज भैरहवा विमानस्थलमा पूर्वबाट पश्चिमतर्फ अवतरण गर्ने क्रममा चिप्लिएको रूपन्देहीका प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले बताए ।

उनका अनुसार जहाजमा ५९ यात्रु सवार थिए । सबै यात्रुलाई जहाजबाट सुरक्षित निकालिएको छ । उनीहरू आफ्नो गन्तव्यमा गइसकेको प्रबक्ता भट्टले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!