बाँके । प्रहरी स्रोतका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-११ बस्ने अन्दाजी ३५ वर्षीय इरसाद अलि कबडियाको टाँगा स्टेन्ड नजिकै खुकुरी प्रहारबाट मृत्यु भएको हो ।
शुक्रवार राती अन्दाजी १० बजेतिर अज्ञात व्यक्तिले खुकुरी प्रहार गर्दा गम्भीर घाइते कबडियाको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । खुकुरी प्रहार गर्ने अज्ञात व्यक्ति फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।