०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

नयाँ सरकार गठनको गृहकार्यमा ओली र देउवा गृह र परराष्ट्र कांग्रेस रक्षा कानुन एमाले

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ३०, २०८१

काठमाडौं । नयाँ सरकार गठनको गृहकार्यमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान नयाँ मन्त्रीको सूची तयार गर्ने भएका छन्। एमालेका तर्फबाट मन्त्री चयन गर्ने अधिकार पाएका अध्यक्ष ओलीले यसपटक प्रतिनीधिसभामा निर्वाचित भएकालाई प्राथमिकतामा राखेका छन्।

आइतबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका ओलीले कांग्रेससँग पनि मन्त्रीको सूची मागिसकेका छन्।

‘पहिलो चरणमा कम्तीमा १० जना मन्त्री नियुक्ति गर्ने तयारीमा उहाँ (ओली) हुनुहुन्छ । मन्त्रालयको टुंगो करिबकरिब लागिसकेको छ,’ एमालेका एक पदाधिकारीले भने ।

‘पार्टीलाई योगदान गरेको, समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यानमा राखेर मन्त्रीहरू चयन हुनेछन्,’ एमालेका एक पदाधिकारीले भने। कांगे्रस–एमालेले कम्तीमा १८ र बढीमा १९ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । बाँकी ६ मन्त्रालय वा पाँच मन्त्रालय सरकारमा सहभागी हुन चाहने साना दलका लागि राखिनेछन्।

स्रोतका अनुसार यसपटक उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन्। यसैगरी सञ्चार मन्त्रालयमा पूर्वबाट योगेश भट्टराईलाई पठाउने सम्भावना रहेको स्रोतको भनाइ छ। पुरानो टिमबाट पदम गिरी र दामोदर भण्डारी दोहोरिन सक्ने सम्भावना छ। नयाँबाट यसपटक पृथ्वी सुब्बा गुरुङ, एलपी साँवा लिम्बू, दलितबाट छविलाल विश्वकर्मा र तीन पटक निर्वाचित भइसकेका गोकुल बाँस्कोटा पनि मन्त्री बन्ने लाइनमा छन्।

साथै महिलाबाट भगवती चौधरीले यसपटक दोहोरिन चाहे पनि सुनीता बराललगायत नेत्रीहरू बाधक बनिरहेको स्रोतको दाबी छ। प्रमुख सचेतकको भूमिकामा रहेका महेश बर्तौलालाई यसपटक त्यही कायम राखिने भएको छ। पूर्वबाट ३० वर्षपछि चुनाव जितेर आएका सोलुखुम्बूका मानवीर राईले पनि राज्यमन्त्री भए पनि रहर गरिरहेका छन्।

काठमाडौंबाट चुनाव जित्ने एक मात्र नेता कृष्णगोपाल श्रेष्ठ पनि यसपटक मन्त्रीका प्रमुख दाबेदार छन्। ‘एमालेको सचिवालय बैठकले मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष ओलीलाई दिइसकेको छ । योग्यता–क्षमताका आधारमा मन्त्रीहरू चयन हुनेछन्,’ एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने।

यस्तै कांग्रेसबाट गृह मन्त्रालयको जिम्मेवारी प्रमुख सचेतकसमेत रहेका रमेश लेखकले पाउने लगभग निश्चित जस्तै भएको छ। सभापति देउवाकी देउवा पत्नीसमेत रहेकी आरजु राणा देउवालाई परराष्ट्रमन्त्री बनाउने चर्चा चलिरहेको छ। ओली नेतृत्वको सरकारमा कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने औपचारिक रूपमा टुंगो लागिसकेको छैन।

प्रकाशमान सिंहले रहर गरिरहेका कारण उनलाई पठाउँदा उपप्रधानमन्त्रीसहित ठुलै मन्त्रालय दिने चर्चा चलिरहेको छ। कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले योगदान र योग्यताका आधारमा समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर पार्टीबाट मन्त्री चयन गर्ने निर्णय गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!