०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

नेकपा एमालेको उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित

Logo
ABC-Sanchar प्रकाशित आइतबार, आषाढ ३०, २०८१

 

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक-एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।

कांग्रेसबाट उपप्रधानमन्त्री राखौँ भन्ने अलि बढी जोड छ । त्यसो हुँदा दुई ठुला दलबाट एक-एक जना उपप्रधानमन्त्री राख्ने मोटो सहमति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको बुझिएको छ’, एमालेका एक शीर्ष नेताले भने, ‘त्यसो हुँदा हाम्रोतर्फबाट विष्णु पौडेलजीले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मा पाउने निश्चित जस्तै छ ।’ ती नेताका अनुसार एमालेबाट बाँकी मन्त्री कोको बन्ने भन्नेबारे अध्यक्ष ओलीबाहेक अरू नेतालाई थाहा नभएको बताए ।

उनले पहिला त सरकारमा सहभागी हुने दलहरूको टुङ्गो लागेपछिमात्र कुन कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने स्पष्ट हुने बताए ।

पहिला सरकारमा सहभागी हुने दलको टुङ्गो लगाउनुपर्‍यो’, ती नेताले भने, ‘कांग्रेस एमालेबाहेकका साना दललाई अहिले नै सरकारमा समेट्ने वा केही दिनपछि भन्ने शीर्ष नेताहरूबिच छलफल जारी भएकाले सोही अनुसार निर्णय हुन्छ ।

कांग्रेस एमालेबाहेकका दलसँग शीर्ष नेताहरूले कुराकानी गर्दै हुनुहुन्छ, कुरा मिलेमा साना दललाई एक-एक वटा मन्त्रालय दिन सकिन्छ भन्नेबारे छलफल भएको छ तर टुङ्गो लागिसकेको छैन’, ती नेताको भनाइ छ ।

एमालेबाट पौडेलसहित उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा, तारा लामा तामाङ, सूर्य थापा, जुली महतो, ऋषिकेश पोखरेललगायत मन्त्री बन्ने चर्चा भएपनि अध्यक्ष ओलीले केही बताइसकेका छैनन् । एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको एमाले नेताहरूको भनाइ छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले परिणाम दिन सक्नेलाई पार्टीले सरकारमा मन्त्री बनाउने बताए । ‘सरकारका कामलाई परिणाममुखी बनाउने हैसियत सांसद मन्त्री बन्छन्’, गौतमले भने, ‘त्यसमा को को व्यक्ति पर्छन् भन्ने कुरा शपथ लिएपछि मात्र थाहा हुन्छ ।’ यद्यपि एमालेबाट पहिला नै मन्त्री भएकाहरू भन्दा नयाँ अनुहार लैजानुपर्ने मत समेत बलियो । पहिला मन्त्री भएकाहरू एकाधबाहेक अरूबाट खासै आशा गर्न सकिँदैन । त्यसैले बदल्ने नै हो भने नयाँ व्यक्ति मन्त्री हुनुपर्छ’, एमालेका एक सांसद भन्छन्, ‘सबै पुराना नै जाने हो भने, कुनै फरकपन र खोजिएको नतिजा आउँछ भन्न सकिन्न ।’

नेपाली कांग्रेसको समर्थनमा गत शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् । ओलीलाई आइतबार बेलुका राष्ट्रपतिले नियुक्ति गर्ने तयारी गरेको शीतल निवास स्रोतले जनाएको छ । प्रधानमन्त्रीमा आइतबार ओली नियुक्त भएपछि सोमबार बिहान ११ बजेलाई शपथग्रहणको तयारी गरेको शीतल निवासले जनाएको छ । कांग्रेस एमालेबिचको सहमतिअनुसार सोमबारै मन्त्रीको समेत शपथ गराउने गरी ओलीले तयारी गरेका छन् । तर, अहिलेसम्म मन्त्रालय भागबन्डा र मन्त्री हुनेको नाम दुवै दलले गोप्य नै राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य […]

काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो। प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार सबै कार्यालयमा परिपत्र पुगेको छ। ‘आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको हो,’ […]

error: Content is protected !!