०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रीहरुलाई सोमबार बिहान ११ बजे शपथग्रहण गराउने

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ३०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समय आइतबार साँझ ५ बजे सकिदैछ ।

राष्ट्रपतिको आह्वानबमोजिम कांग्रेस र एमालेको समर्थनमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन् । शितलनिवास स्रोतका अनुसार आइतबार साँझ ५ बजेपछि ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी छ ।

प्रधानमन्त्रीको शपथग्रहण भने सोमबार बिहान ११ बजेमात्रै हुने भएको छ । ‘प्रधानमन्त्री र मन्त्रीहरुको समेत सोमबार बिहान ११ बजे शपथग्रहण कार्यक्रमको तयारी भएको छ,’ शितलनिवास स्रोतले भन्यो । राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे हुने शपथग्रहण समारोहका लागि सम्बन्धित सबैलाई निमन्त्रणा समेत गरिसकेको छ ।

प्रधानमन्त्रीको शपथ लिएपछि ओलीले तत्काल एमाले र कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् । मन्त्री र मन्त्रालय भागबण्डाका विषयमा दलहरुबीच छलफल चलिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!