२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सशस्त्र प्रहरी पर्साले भन्सार छलीका ८ लाख रुपैयाँ बराबरका अवैध सामानहरु पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ३१, २०८१

 

पर्सा । सशस्त्र प्रहरी पर्साले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट भन्सार छलीका सामानहरु पक्राउ गरी भन्सार दाखिला गरेको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज वडा नम्बर १४ गण्डक चौकस्थितबाट भारतबाट अवैध रुपमा भन्सार छलीका विभिन्न सार्वजनिक सवारी साधनको माध्यमबाट जितपुरतर्फ लैजाँदै गरेको अवस्थामा चेकजाँच गर्दा करीब ३ लाख ३० हजार रुपैयाँ बराबरको किराना र हार्डवयरको सामान पक्राउ गरेको थियो।

यसैगरी, सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज वडा नम्बर १७ अलौ चौकबाट करीब १ लाख ५० हजार रुपैयाँ बराबरको कपडा र किराना सामान बरामद गरेको थियो। साथै, वीरगञ्ज वडा नम्बर १६ बासघारीबाट ८० हजार रुपैयाँ बराबरको १ वटा पशुचौपाया (भैंसी) नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता देवेंद्र सिंहले जानकारी दिए।

प्रवक्ता सिंहका अनुसार, बीओपी ड्राईपोर्टबाट खटिएको मोटरसाइकल गस्ती टोलीले वीरगञ्ज वडा नम्बर २४ बहुअरी चौकबाट २३ हजार रुपैयाँ बराबरको भन्सार छलीका किराना सामान बरामद गरेको थियो।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका पशुचौपाया तथा भन्सार छलीका अवैध सामानहरु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको प्रवक्ता सिंहले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!