२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सशस्त्र प्रहरी बलमा कार्यरत रहेका एसपीद्वारा परिचालन घुमुहरु तानिए

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन ०१, २०८१

 

भैरहवा । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले परिचालन गरेका घुमुवालाई तानिएको छ । समाचार प्रकाशित भएपछि १० वर्षदेखि विभिन्न बहानामा रुपन्देही बस्दै आएका डिएसपी तुलसीराम पाण्डेलाई २४ घण्टे लगाएर झापा पठाइएको छ । उनी एसपी थापाका खास सहयोगी थिए । उनीसँगै घुमुवा रहेका जवान ईश्वर कार्कीलाई पनि तानिएका छन् ।

आइजीको सचिवालयमा बसेर आइजीकै विश्वास जितेर रुपन्देही पुगेका थापाले सशस्त्र मुख्यालयकै बदनाम गर्न थालेपछि पहिलो चरणमा उनका घुुमुवालाई तानेर मुख्यालयले चेतावनी दिएको छ । एसपी थापाले अहिले पनि ६ जना घुमुवा राखेका छन् । सशस्त्र प्रहरीले घुमुवा राख्न निषेध गरेको छ ।

डिएसपी पाण्डेले डण्डा, मजगौवा लगायतका रुपन्देहीका सबै विओपी चहारिसकेका थिए । १० वर्षदेखि रुपन्देही बसेका कारण जो एसपी गएपनि उनको चंगुलमा फस्ने गरेको र २७ नंम्बरमा चार महिना अघि पुगेका एसपी आनन्द थापालाई व्यापारी भेटाउने गरेका थिए ।

स्रोतका अनुसार आर्थिक व्यवस्थापन पनि उनलै गरिदिने गरेका थिए । तर, मुख्यालयले केही महिनाअघि पाण्डेको वीरगन्ज कारागारमा सरुवा गरेको थियो । तर, थापाकै जोडबलमा त्यहाँ रहेका थिए । थापाको प्रमुख सहयोगी रहेको थाहा पाएपछि मुख्यालयले गत हप्ता २४ घण्टाभित्र झापा तालिम केन्द्र सरुवा गरेको थियो ।

स्रोतका अनुसार अहिले उनी झापा तालिम केन्द्र पुगिसकेका छन् । रुपन्देहीबाट भन्सार छलेर काठमाडांै आइपुगेका केही ट्रकको विवरणसमेत सशस्त्र प्रहरी मुख्यालयले तयार पारेको छ । स–साना सामानहरू बरामद गर्ने तर, भन्सार छलेर काठमाडौं आउने ठूला ट्रकलाई राती १२ देखि ४ बजेसम्मको समयमा छाडिदिने गरेपछि मुख्यालयको एउटा टोलीले रुपन्देहीबाट सशस्त्र प्रहरीले आँखा चिम्लिदिएका केही भारतीय मालसामान लोड गरिएका ट्रकको विवरण तयार पारेको हो ।

मजगवा, मजरपट्टी, डण्डा, बयरघाट चार वटा नाकामा आफै राती जाने कसलाई रोक्ने कसलाई छिर्न दिने आफै निर्धारण गर्ने गरेको स्रोतको दाबी छ ।

सिद्धार्थ नगरपालिका, शुद्धोधन गाउँपालिका, ओमसतिया, सियारी लगायतका स्थानहरूमा चोरी तस्करी बढेको छ । नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने रुपन्देहीको दक्षिणी इलाकामा चोरी तस्करी झन् बढेको भन्दै भैरहवाका उद्योगी व्यवसायीले उद्योग वाणिज्य संघमा गुनासोसमेत गरेका छन् ।

गल्लामण्डी तथा बैंक रोड क्षेत्रका ट्रान्सपोट व्यवसायीले समेत अवैध रूपमा सामान ओसारपसार गर्दा पनि सशस्त्र प्रहरी मुकदर्शक बन्ने गरेको गुनासो उद्योग वाणिज्य संघमा पुगेको हो । यस्तो गुनासो बढ्दै गएपछि आइजी राजु अर्यालले समेत गम्भीर रुपमा लिएको स्रोतको दाबी छ । यही बीचमा उनले राजनीतिक दलका नेताहरुसँग समेत भेटघाट गरेको सूचना मुख्यालयमा पुगेको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालय एकातर्फ डिआइजी अञ्जनीकुमार पोखरेललाई राजनीतिक दलका नेताहरू भेटघाट गरेको भन्दै स्पष्टिकरण सोधिरहेका बेला थापा भने रुपन्देहीबाट तालिमको नाममा काठमाडौं आएको बेला दलका नेताहरू सँग भेटघाट गरी फर्केको सूचना पुगेको हो ।
थापा तिनै व्यक्ति हुन्, जसले भ्रष्टाचारीलाई जोगाउन गलत रिपोर्ट बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको थियो । ०७२ साल माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्त सहित ९ जना सशस्त्रका अधिकारी विरुद्ध मुद्धा दायर गरेको थियो ।

सामान ढुवानी नै नगरी नक्कली बील भर्पाइ बनाएर भ्रष्टाचार गरेको वन्त सहितका अधिकारीमाथि अख्तियारले आरोप लगाएको थियो । उनीहरुले ६ करोड ७९ लाख ४१ हजार ७ सय ६ रुपैयाँको भ्रष्टाचार गरेको अभियोग थियो ।

वन्तसहित तत्कालीन डिआईजी अरविन्द धिताल, एसपी जगत नारायण श्रेष्ठ, डिएसपी आनन्द थापा मगर, लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिनबहादुर थापा, नायव निरीक्षकहरु निलबहादुर श्रेष्ठ, देवेन्द्रकुमार श्रेष्ठ, लेखबहादुर खत्री र जवान मिलन अधिकारीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

उनीहरूले सदाज्योती र अदिती ट्रान्सपोर्टसँगको मिलेमतोमा करोडौ रुपैया भ्रष्टाचार गरेको आरोप थियो । त्यही आरोपबाट बल्लतल्ल सफाई पाएका थापाले कमाण्ड गर्न नसकेको गुनासोसमेत अइरहेको स्रोतले जनाएको छ ।

शक्तिकै चाकडी गरेर २०७९ मा प्रबल जनसेवा श्री पदक पाउदा विभागमा भ्रष्टाचारीलाई पुरस्कृत गरेको भन्दै नेतृत्वको आलोचना भएको थियो । अहिले रुपन्देहीको इन्चार्ज भएको चार महिना पूरा भएको छ । उनी त्यहाँ गएदेखिनै लाइन चलाएर बसेको स्रोतले जनाएको छ । दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!