२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

धरान पत्रकार सन्जिता धमला आक्रमण प्रकरणमा थप एकजना महिला सृजना बेघा पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन ०३, २०८१

 

धरान । सन्चारकर्मी सन्जिता धमलालाई बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा आक्रमण प्रकरणमा थप एक जना महिला पक्राउ परेका छन् ।

प्रहरीले आज विहानै धरान १८ स्थित ग्रीन टिबाट सृजना बेघालाई पक्राउ गरेको हो । उक्त ग्रीन टि मेयर हर्क साम्पाङ र उनका समर्थकहरु बिहान-बेलुका भेला हुने ठाउँ हो । हिजो बीपी हस्पिटलको रेडियोलोजी विभागमा एक्स रे गर्न पालो पर्खिरहेको बेला महिलाहरुको समूहले आफुलाई आक्रमण भएको धमलाको दाबी छ।

उक्त घटना लगत्तै पाँच जनालाई प्रहरीले हिजो नै पक्राउ गरेको थियो । उनीहरूलाई तत्काल रिहाइको माग गर्दै मेयर साम्पाङका समर्थकहरुले ईलाका प्रहरी कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए भने आधाघण्टा भानुचोकमा चक्काजाम पनि गरेका थिए ।

पक्राउ गरेको पाँच जना महिलाहरूलाई नछाडे कडा आन्दोलन गर्ने चेतावनी दिइरहेको बेला प्रहरी प्रशासनले भने झन् कडा गर्ने संकेत दिएको छ । आज बिहानै बेघा पक्राउ गरेको प्रहरीले हिजोको घटनामा संलग्न अन्यको पनि खोजी गरिरहेको छ । ग्रीन टि साधा पोसाकका प्रहरीहरुको निगरानीमा छ, भने प्रहरीको पेट्रोलिङ पनि गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]