कैलाली । ईलाका प्रहरी कार्यालय (इप्रका) मालाखेती परिसरमा प्रहरीले गर्ने नियमित अपरेशनसंगै आफ्नो कार्यक्षेत्रमा हुने घटना दुर्घटनाका मुद्धा मामलामा यहाँका प्रहरी कर्मचारी व्यस्त नै देखिन्छन् । अझ सुदूरपश्चिमका नौ ओटै जिल्ला जोड्ने प्रमुख बिन्दु पनि अत्तरिया नै भएकोले चौराहमै रहेको यो प्रहरी कार्यालयमा सेवाग्राहीको आवतजावत बाक्लो नै हुन्छ ।
सधैँजसो बाक्लै आवतजावत देखिने इप्रका मालाखेतीमा कहिलेकाँहि आउने सेवाग्राहीले भने कार्यालयकै ध्यान खिच्छन् । बुधबार दिउँसोको समयमा अन्दाजी ६५ वर्षीय देखीने एक वृद्धा सामान्य पहिरनमा दुई बालबालिकासहित इप्रका मालाखेती परिसरमा पुगीन् । उनी दुवै बालबालिकासहित नै कार्यालय प्रमुख डिएसपी गंगा बहादुर थापाको कार्यकक्षामा पुगीन् । डिएसपी थापाले उनलाई बस्न आग्रह गरे,उनी मानीनन् ।
बरु हात जोड्दै आफ्नो समस्या राख्न थालिन् । “मेरी छोरीलाई छुटाईदिनुस,म यी नातीनातीनालाई के खुवाउ?” दश/एघार वर्षकी देखिने नातीनी र तीन वर्षीय नातीलाई देखाउँदै उनले भनिन् । कैलालीको अत्तीरयामै बस्दै आएकी उनकी छोरी अत्तरियाको एक होटलमा अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा केहिदिन अघि पक्राउ परेकी थिईन् ।
बने । उनले आफ्नो खल्तीबाट पाँच सय रुपैँया निकालेर वृद्धालाई दिँदै भने, “यो लिनुुस एकदुई दिन यि बच्चाहरुलाई खुवाउँदै गर्नुहोला,तपाँईको छोरीको मुद्धा के हो म बुझौँला ।” “कहिलेकाँहि त एकदमै उदेक लाग्ने केशहरु आउँछन्,कानुनको अघि मानवीयता देखाउँछु भनेर हुँदैन।” थापाले अनुभव साँटे ।
अधिकांश महिलाहरु रोजीरोटी चलाउन देहव्यापारमा संलग्न हुन्छन् भन्ने एउटा गतिलो प्रमाण हो यो । अत्तरियाका विभिन्न होटलबाट गत आर्थिक वर्षमा अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा होटल सञ्चालक सहित ५९ जना पक्राउ परेका छन् । जसमा ३० जना महिला छन् । अनैतिक क्रियाकलापमा संलग्न अधिकांश महिलाहरु बाध्यात्मक पारिवारिक अवस्थाका कारण दोहोरिएर पनि आउने गरेको थापा बताँउछन् ।
एकपटक कारबाही भोगेर आइसकेपछी पनि हातमुख जोर्ने अन्य बाटो नपाएपछी फेरी बाध्य भएर त्यहि पेशामा फर्किने गरेको पाईएको उनी बताँउछन् । संलग्नमध्य अधिकांश महिलाहरु भने पारिवारिक अवस्थाका कारण अनैतिक क्रियाकलापलाई पेशा नै बनाएर बस्ने गरेको उनले बताए । महिलाको हकमा धेरैको श्रीमानले अर्को बिहे गरेर वास्ता गर्न छोडेको,सम्बन्ध विच्छेद भएका र कुनै न कुनै हिसाबले घर बिग्रीएका महिलाहरु रहेको उनको भनाई छ ।
गरेको पाईएकोले राज्यले नै उचित व्यवस्थापन गर्नु जरुरी रहेको थापाको भनाई छ । त्यस्ता व्यक्तिहरुलाई सिपमूलक तालिम प्रदान गरि रोजगारी दिनुपर्ने उनी बताँउछन् । “नाजुक पारिवारिक अवस्थाका कारण अधिकांश महिलाहरु अनैतिक क्रियाकलापमा संलग्न भएको पाइने गरेको छ”, उनले भने, उहाँहरुलाई प्रहरीले समात्ने,कारबाही गर्ने, छोड्ने मात्रै भन्दा पनि राज्यले कुनै उचित सिप प्रदान गरेर व्यवस्थित गर्दा उत्तम हुन्थ्यो ।