२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बाँके ट्राफिकले राडरगनसहित चेकिङ्ग तीब्र गतिमा सवारी चलाउनेलाई कारबाही ट्राफिक प्रमुख:सुबेदी

Logo
(सागर थापा) प्रकाशित शुक्रबार, साउन ०४, २०८१

 

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले उक्त यन्त्रको प्रयाेग गरेकाे बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक गाेपिकृष्ण सुवेदीले जानकारी दिए । यसअघि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउादा दुर्घटना बढको भन्दै प्रहरीले मापसे चेकजााच गर्न ब्रेथलाइजर मेसिनमा प्रयोगमा ल्याएको थियो ।

दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँकेले दशै पछि काेहलपुरका लगाएत बाँके जिल्लाका मुख्य सडकमा रडार गन प्रयोग गरी तिव्र गतिमा कुदाइएको सवारी साधानलाई कारबाही गर्न थालेको ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए । पुर्व पश्चिम तथा रत्न राजमार्गमा पनि विभिन्न स्थानहरुमा रहेका चेकपोष्टहरुमा रडार गनको प्रयोग गर्दै ट्राफिक सचेतना अभियान संचालन गर्ने साथै आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने उनले बताए । ‘सवारी चालकको आफ्नै लापारबाहीले गर्दा धेरै भन्दा धेरै दुर्घटना हुने गरेको पाइएको छ । बरु सवारी दुर्घटना हुनुभन्दा अगाडी नै सवारी चालकहरु सचेत गराउन यो उपकरण प्रयोगमा ल्याएको हो,’ उनले भने ।

दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले पुर्व–पश्चिम राजमार्ग सहित काेहलपुर,नेपालगन्जका विभिन्न सडक र हुलाकी सडकहरुमा अभियान केन्द्रित हुनेछ । ‘ हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय समटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ ।


मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउनेछ,’ प्रहरी निरीक्षक सुवेदीले भने, ‘कुन गाडी कति गतिमा गुडेको छ । त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज हुने छ । अहिले याे मेसिन बाँके,दाङ्ग,कपिलवस्तु लगाएतका जिल्लामा आलाेपालाे गरि प्रयोग गरिएकाे बाँके ट्राफिक प्रहरी प्रमुख सुवेदीले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!