२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बर्दिया जिल्लाको बजार एरियाको लागि CCTV कन्ट्रोल रुमको उद्घाटन कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, साउन ०६, २०८१

 

बर्दिया । अपराध हुने ठाँउहरु ईगिँत गर्दै स्थानिय सरकार गुलरिया नगरपालिकाको कार्यालयले आफ्नो बजार एरियालाई अपराधमुक्त बनाउने संकल्प स्वरुप बिनियोजित २० लाख बजेट रकम बाट मिति २०८१।०२।११ गते बाट सुरु भई २०८१।०३।१९ गते सम्म E- BIDDNG मार्फत टेण्डर खुलाई २४ वटा क्यामेरा १० वटा मुख्य ठाँउमा जडान गरिएको थियो ।
आज यस कार्यालयमा संचालित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रीमान्‌ प्रहरी नायव महानिरीक्षक कुवेर कडायतज्यूको अध्यक्षता, गुलरिया नगरपालिका प्रमुख मुक्ति नाथ यादवज्यूको प्रमुख अतिथ्यता, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माज्यूको विशिष्ट अतिथ्यतामा यस CCTV कन्ट्रोल रुमको संयुक्त रुपमा रिवन काटी समुद्‌घाटन गर्नु भयो ।
कार्यक्रमको बीच कार्यक्रमका अध्यक्ष लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतज्यूले समाजमा शान्ती सुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न, राज्यले दिएको जिम्मेवारी र सोही किसिमको प्रहरी अनुसन्धान गर्न प्रहरी प्रबिधी मैत्री हुनु आवश्यक रहेकोले । अपराध अनुसन्धान र शान्ती सुरक्षा कायम गर्न CCTV ले प्रभावकारी भुमिका निर्वाह गर्ने हुँदा त्यस्ता मुद्दालाई पहिचान गरि CCTV जडान गर्न बिनियोजित बजेट रकम एवं सहयोगकोलागी गुलरिया नगरपालिकाको कार्यालय तथा गुलरिया नगरपालिका प्रमुख मुक्ति नाथ यादवज्यूलाई कृतज्ञता ब्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्नु भयो ।
साथै जिल्ला प्रहरी कार्यालय बर्दिया परिवार तर्फबाट गुलरिया नगरपालिकाको कार्यालय एवं गुलरिया नगरपालिका प्रमुख मुक्ती नाथ यादवज्यू, लगायत प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सम्पुर्ण ब्यक्तित्व महानुभावहरुलाई धन्यबाद ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!