बाँके । नेपालगंज उप-महानगरपालिका वडा नं.४ बाईपास स्थित अस्थाई प्रहरी पोष्ट बसपार्क बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याई बेवारिसे अबस्थामा रहेको लत्ताकपडाहरु साडी र कुर्ता सुरुवाल समेत गरी अन्दाजीमुल्य रु.८६,०००।– (छयासी हजार ) बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाईएको ।