२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै बढी कारण यस्तो ?

Logo
राजु पङ्गेनी प्रकाशित शनिबार, साउन २६, २०८१

स्याङ्जा । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको छ।सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलका अनुसार आव २०८०/८१ मा स्याङ्जाबाट नौ हजार चार सय ८७ जनाले नागरिकता लिएका थिए।

सोही अवधिमा चौध हजार आठ सय २२ जनाले राहदानी लिएका छन्। जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कूल १५ हजार एक सय ९३ राहदानी सिफारिस गरिएको थियो। सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो। गत आवमा राहदानी बनाएकामध्ये तीन सय ७१ राहदानी वितरण गर्न बाँकी नै रहेको उनले बताए।

सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आव २०८०/८१ मा प्रतिलिपिबाहेक वंशजका आधारमा र गैरआवासीय नागरिकता चार हजार नौ सय चार वितरण गरिएको सूचना अधिकारी पौडेलले बताए। सोही अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट चार हजार पाँच सय ८३ नागरिकता वितरण भएका थिए। दुवै कार्यालयबाट गत आवमा कूल नौ हजार चार सय ८७ नागरिकता वितरण भएका थिए।

स्याङ्जाबाट वैवाहिक अङ्गीकृत नागरिकता २४ वितरण भएका सूचना अधिकारी पौडेलले बताए। स्याङ्जाबाट १९ र वालिङबाट पाँच वैवाहिक अङ्गीकृत नागरिकता वितरण भएका थिए। कूल चौध हजार आठ सय २२ राहदानीमध्ये स्याङ्जाबाट सात हजार चार सय ४३ र वालिङबाट सात हजार तीन सय ७९ वितरण भएका थिए।

‘जिप्रका तथा इप्रकाबाट नागरिकताभन्दा राहदानी लिने सेवाग्राही बढी छन्’, उनले भने, ‘अध्ययन, रोजगारीका लागि तथा घुम्न जाने, तत्काल आवश्यक नपरे पनि बनाएर राख्ने तथा चाहिँदा तत्काल प्रयोग गर्न पाइने भएकाले पनि राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको हो।’ -रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । *घटना विवरण:* *स्थान*: वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट – *मिति*: हालै – *पक्राउ*: सशस्त्र प्रहरी बल, नेपाल *पक्राउ परेका:* 1. *सागर घिमिरे*, अन्दाजी २० वर्ष – मकवानपुर हेटौंडा उपमहानगरपालिका–११, सिमलटार 2. *पूजा जिम्बा*, अन्दाजी २३ वर्ष – सोही ठेगाना *कसरी समातिए:* भारतबाट अटोमा नेपाल प्रवेश गर्दै गरेका दुवै जनालाई भन्सार गेटमा सशस्त्र प्रहरीले कुकुरसहित […]

बाँके । नेपालगन्ज नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशन गर्दै बाँकेमा छोटी भन्सारको संख्या ७ बाट घटाएर १ मात्रै कायम गरेको छ। अब बाँकेमा *नरैनापुर छोटी भन्सार* मात्रै सञ्चालनमा आउनेछ। *पहिले के थियो:* सशस्त्र द्वन्द्वकालअघि बाँकेमा ७ वटा छोटी भन्सार कार्यालय थिए: 1. सुइया बघौडा 2. नरैनापुर 3. भगवानपुर 4. खडैचा 5. […]

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

error: Content is protected !!