धनगढी । जि.प्र.का. कैलाली साउन २९ गते,
मिति २०८१।०४।२९ गते तालुक सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र यस जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. १७ पटेला लगायत यस जिल्लाका बिभिन्न स्थानहरुमा रहेका भारतिय नाकाहरुबाट भन्सार छली गरी ल्याएको अन्दाजी मुल्य रु ९,००,५८०।- मुल्य बराबरको सुट, भाईरल सारी, बिभिन्न ब्रान्डका सारी, राधे राधे गम्छा, चेक गम्छा, कुर्ती, धोती, मोबाईलका बिभिन्न पाटपुर्जाहरु, मोबाईल मर्मत गर्ने मेसिन, घडी, टर्च लाईट, पावर बैंक, पेटिकोट र साईकल लगायतका सरसामान, लत्ताकपडाहरु वेवारिसे अवस्थामा फेलापारी बरामद गरी आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको ।