दाङ । घोराही उपमहानगरपालिकाले नियमित बजार ब्यबस्थापन गर्ने क्रममा सडक आवागमनलाई प्रभाव पार्ने गरि राखिएका निर्माण सामाग्रीहरुलाई व्यवस्थापन गर्न निर्देशन दिएको छ सङ्गसङ्गै, मोटरसाइकल वर्कशपहरुको यस अघि भएको अनुगमनमा दिइएको निर्देशन बमोजिम मापदण्डहरु पूरा गरे नगरेको अवलोकन गर्दै पुनः

अनुगमनलाई घोराही उपमहानगरपालिकाले आज पच्च्याउदै गएको छ , सो क्रममा धेरै वर्कशपहरुको सुधारोन्मुख देखियो, केहिले अझै अटेर गरेकाले थप सुधार नगरे व्यवसाय यथासिघ्र स्थानान्तरण गर्नुपर्ने निर्देशन दिइएको छ । साथै, मापदण्ड पुरा गरि व्यवस्थित भएका केही वर्कशपहरुलाई नगरको निर्देशन र निर्णय पालना गरेकोमा धन्यवाद ज्ञापन समेत गरिएको छ ।