२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

त्रिशूली नदीमा आएको बाढी धर्मशालामा पस्यो देवघाटमा बाढीले सयौं घरहरु डुबानमा  

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आश्विन १२, २०८१

 

काठमाडौं । देवघाटधामको चितवनतर्फ रहेको रोटरी करुणालय आश्रम, हरिकीर्तन धर्मशाला, शिव मन्दिर, मारवाडी सेवा समितिलगायतको आश्रमबाट उद्धार गरिएको  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धारको काम जारी रहेको जनाएको छ ।

देवघाटको त्रिशूली नदी क्षेत्रका सबै धार्मिक आश्रमहरू त्रिशूली नदीले डुबाएको छ । केही आश्रमलाई भत्काएको छ । बाढीको प्रभाव अझ वृद्धि भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो । कुटी, आश्रम तथा घरहरू गरेर एक सयभन्दा धेरै डुबानमा परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]