२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

लगातार झरी बर्षाले काठमाडौँमा ११ जनाको मृत्यु १० जनाको सनाखत चारैतिर डुबान

Logo
Abc Sanchar प्रकाशित शनिबार, आश्विन १२, २०८१

 

काठमाडौं । प्रहरीका अनुसार मृत्यु हुनेमा दक्षिणकाली नगरपालिका–८ मा बस्दै आएका ४३ वर्षीय भविन्द्र लिम्बु, ४० वर्षीय कुमार तामाङ, २३ वर्षीया मनु तामाङ, दक्षिणकाली–९ बस्ने ३७ वर्षीय प्रेम बलामी, ३४ वर्षीय कान्छा बलामी, र वडा नम्बर–७ बस्ने ५० वर्षीया देवी लिम्बु छन् ।

त्यस्तै, सप्तरीको अग्निसयर कृष्ण सौरण गाउँपालिका घर भएर इचंगुनारायण बस्ने ४५ वर्षीय सचिन शाहको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ मसिने बस्ने ३८ वर्षीय गर्ब तामाङ र उनकी पत्नी ३६ वर्षीया सबिना तामाङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार कीर्तिपुरमा २४ वर्षीय अजय पाण्डेले ज्यान गुमाएका छन् । उनी अर्घाखाँची घर भएर कीर्तिपुर बस्दै आएका थिए । त्रिभुवन विश्वविद्यालयको गेट अगाडी खोलामा एक जना पुरुष मृत भेटिएका छन् । उनको पहिचान खुलेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँ तथा लुम्बिनी प्रदेशको एक-दुई ठाउँमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा […]