संखुवासभा । चिचिला गाउँपालिका–४ स्थित मत्स्यपोखरीमा शनिवार दिउँसो १ बजेतिर ४२ वर्षीया दुर्गामाया गुरुङको धारिलो हतियार प्रहारबाट धजे घर भएका ४५ वर्षीय भीमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।
भीमबहादुरले दुर्गामायाको बारीको काँक्रो टिपेर खाएको निहुँमा धारिलो हतियार प्रहार गरेको देखिएको र स्थानीयको भनाइ उध्रित गर्दै उनले मृतकको साथमा आधा काँक्रो खाएको टुक्रासमेत भेटिएको बताए । मृतकको शरीरको टाउकोलगायत शरीरका विभिन्न भागका धारिलो हतियारको चोट रहेको प्रहरीले जनाएको छ ।