०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

नेपाल ट्रष्टको नाममा रहेको जग्गा कसैले चलाउन पाउदैन : रक्षामन्त्री ईश्वर पोखरेल

Logo
प्रकाशित शनिबार, आश्विन ११, २०७६

असोज ११, भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कुनै पनि निकायले कुनै पनि बाहनामा भोगचलन गर्न नपाउने बताएका छन ।

शुक्रबार नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं. ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमिनको अनुगमन गर्दै मन्त्री पोखरेलले भने, नेपाल ट्रष्टको नाममा लालपूर्जा भएको सम्पत्ति हो, नेपाल ट्रष्टको नाममा रहेको जग्गामा कही कतै, कुनै व्यक्ति, ईकाई वा कुनै निकायले केही गर्न सक्दैन ।’

मन्त्री पोखरेलले नेपाल ट्रष्ट कानून अन्तर्गत चलेको र आफ्नो नामको सम्पत्ति व्यबस्थित गर्न कानून बनेको बताउदै मन्त्रिपरिषद्को निर्णय बिना केही गर्न नसकिने बताए । साथै ट्रष्टले काठमाण्डौं उपत्यकाको मात्रै नभई पोखरा, हेटौडा, भरतपुर, सुर्खेत, धनगढी लगायत देशभर रहेका सम्पत्तिको संरक्षण सुरु गरेको बताए ।

उक्त कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाल ट्रष्टको नाममा रहेको जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरेपनि यसको स्वामित्व लिने प्रयास भने भक्तपुर नगरपालिकाले गर्न नहुने बताए ।

उनले भने, ‘पर्खाल लगाएर संरषण गर्नु राम्रो हो तर यो जग्गाको स्वामित्व लिने प्रयास नगरपालिकाले नगरोस्, विरोधमा उत्रनु पर्ने अबस्था नआओस् ।’

२०७२ सालको महाभूकम्पमा यो चौर धेरैको आश्रयस्थल बनेको बताउदै उनले यसलाई खुल्ला क्षेत्रको प्रयोजनमा लान सकिने  साथै स्थानीय सरकार भन्दैमा जे मन लाग्छ, त्यही कानून हो भन्नु गलत भएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

काठमाडौं । प्रहरीको माइकबाट भन्दा TikTok स्टारको 15 सेकेन्डको रिलबाट युवाले बढी सिक्छन्। त्यही फर्मुला प्रयोग गरेर आजको भेटघाटले ट्राफिक सचेतनालाई “बोरिङ लेक्चरबाट “ट्रेन्डमा बदलिदियो। *किन प्रभावकारी हुन्छ त यो पहल?* 1. *भाषा उनीहरूको हुन्छ*:हेल्मेट लगाऊ” भन्दा “हेल्मेट नलगाई रिल्स बनाउँदा लास्ट सिन हुन सक्छ ब्रो” भन्दा गहिरो छाप पर्छ। 2. *पहुँच टाढासम्म*: प्रहरीको कार्यक्रम […]

error: Content is protected !!