१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

प्रहरी बनाई दिन्छु भन्दै ५ लाख ३५ हजार रकम ठगी गर्ने एक युवक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक १६, २०८१

 

काठमाडौं । दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ बस्ने ३२ वर्षीय तुलाराम विकलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। विकले दार्चुलाका ईन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी बनाईदिन्छु भनी विश्वास दिलाएर पटक पटक गरी ५ लाख ३५ हजार ७ सय रुपैयाँ ठगी गरी फरार रहेका थिए।

बुधवार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीको सहयोगमा अत्तरियाबाट विकलाई नियन्त्रणमा लिएको हो। विकलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा राखी ठगी सम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]