२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

ईप्रका रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीको कमाण्डमा खटिएको प्रहरी टाेलीले जुवा खेल्ने रिसोर्टमा छापा

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १७, २०८१

पाल्पा । रम्भा गाउँपालिका १ असर्दीस्थित स्याङ्जाको गल्याङ नगरपालिका–११ दिमिक घर भएका २८ वर्षीय सागर भट्टराईको रम्भा रिसोर्टमा बुधबार राति छापामारेको विज्ञप्तिमा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ईन्स्पेक्टर रामबहादुर नेपालीको कमाण्डमा खटिएको प्रहरी टाेलीले रिसोर्टमा छापामारेको थियो ।

कौडा खेलिरहेको अवस्थामा रम्भा गाउँपालिका–१ सगाहा बस्ने ५६ वर्षीय बलबहादुर रानाभाट समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ५० रूपियाँ र १६ थान कौडासहित पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!