१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
×

चाड पर्वमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्न रामपुरका प्रहरी प्रमुख नेपालीसहित गस्ती

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १७, २०८१

 

पाल्पा । चाड पर्वको समयमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्न पाल्पामा रहेको इलाका प्रहरी कार्यालय रामपुरले ग्रामिण भेगहरुमा गस्ती गर्न थालेको छ । प्रहरी गस्ती टोली रामपुर नगरपालिका वडा नम्बर ४,५,६,७ र ८ को विभिन्न स्थानहरुमा पुगेको हो । चाडपर्वको समयमा हुन सक्ने अपराधिका गतिविधिहरु रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यका साथ लामो दुरीको ग्रामी गस्ती (एलआचरपी) गर्ने गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीले बताए ।

चाड पर्वमा गाँउ घरमा झैझगडा हुने मादक पदार्थ सेवन गरि होहल्ला गर्ने र अपराधकि घटना घट्न सक्ने भएको हुदा विभिन्न स्थानमा गस्ती गर्ने गरिएको प्रहरी निरीक्षक नेपालीले बताए । साथै तिहार पर्वलाई हर्षोल्लासपूर्ण रूपमा मनाउन आग्रह गरेका छन । पर्वमा रमाइलोका नाममा हुने अवाञ्छित गतिविधि रोक्नेतर्फ सबैको ध्यान जान आवस्यक रहेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]

रसुवा बाढीले क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खोलिँदै धादिङ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-बेत्रावती सडकखण्डमा डोजरको सहयोगमा अस्थायी ट्र्याक खोल्ने काम भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

घोराहीका १९ वटै वडामा हुने बृहत् स्वास्थ्य परीक्षण अभियान सिमलताराबाट सुरु नागरिक स्वस्थ भए मात्रै नगर बनाउन सकिन्छ : प्रमुख जिल्ला अधिकारी पाण्डे दाङ, घोराही । घोराही उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन गर्न लागिएको विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य परीक्षण अभियान घोराही–१ सिमलताराबाट सुरु भएको छ। घोराही बनाऔँ अभियानको आयोजना तथा सञ्जीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा […]