१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक १९, २०८१

 

दाङ । राप्ती गाउँपालिका-५ कमलरोड सिसहनियाँ निवासी वर्ष २२ का प्रेम राना मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।

सोमबार बिहान साढे ६ बजेको समयमा लमही – गढवा सडक खण्डमा लमहीबाट गढवा तर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल लमही बजारको बैंक रोडमा अनियंत्रित हुँदा राना गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल आफै अनियंत्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका राना मगरको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । मृतक राना मगरको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]