२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

नेपालगन्जबाट छुटेको बस नवलपरासीमा दुर्घटना ६ जनाको मृत्यु,१० जना घाइते,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आश्विन १७, २०८३

 

नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ ।

नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको डिएसपी अनिल पण्डितले जानकारी दिए ।

दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटना भएर सडकबाट नालामा खसेको हो ।

बसमा चालकसहित १८ जना सवार थिए । तीमध्ये दुई जना सकुशल रहेको डीएसपी पण्डितले बताए ।

मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको छ । घाइतेहरु गोरखा, अछाम, बर्दिया, बाजुरा, बाँके, ललितपुर र सल्यानका रहेका छन् ।

घाइतेहरुको विवरण

१. जिल्ला गोरखा, गो.न.पा.-०९ बस्ने वर्ष ३० को हरिशरण थापा,
२. जिल्ला अछाम मंगलसेन न.पा. ६ बस्ने वर्ष २८ को तेजेन्द्र प्रसाद भण्डारी,
३. जिल्ला बर्दिया ठाकुरबाबा न.पा. १ बस्ने वर्ष २० की आकृती,
४. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा. ५ बस्ने वर्ष ३२ को पवन बुढा,
५. जिल्ला बर्दिया राजापुर न.पा. ९ बस्ने वर्ष २८ को सञ्जय थारु,
६. जिल्ला बाजुरा स्वामी कात्तिक गा.पा.१ बस्ने वर्ष २५ को प्रेम बम,
७. जिल्ला ललितपुर कुञ्जय सोमपाक गा.पा. वडा नं ५ बस्ने वर्ष २९ को अनोज खत्री,
८. जिल्ला बर्दिया बाँसगढी न.पा. ७ बस्ष ३६ को लाल बहादुर कार्की,
९. जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. १६ बस्ने वर्ष ४८ को अस्लाम भगवान,
१०. जिल्ला सल्यान वनगढ कुपिण्डे न.पा. १ बस्ने वर्ष २१ को अनिल बुढाथोकी रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]