२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

अर्घाखाँचीमा देउसी भैलो खेलिरहेकोलाई बसले च्यापेर २ महिलाको मृत्यु ३७ जना घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक १९, २०८१

 

अर्घाखाँची । भूमिकास्थान नगरपालिका भूमिकास्थान नगरपालिका ५ र ६ को सिमाना जयठाँटीमा देउसीभैलो खेलीरहेको समूहलाई सोमबार साँझ बसले किचेको छ ।

बसको ब्रेक फेल भएर देउसी खेलीरहेकाहरुलाई किच्दा दुई महिलाको ज्यान गएको छ । मृतकमध्ये २२ वर्षीया तारा श्रेष्ठको मात्र सनाखत भएको छ ।

ना३ख २४७१ नम्बरको बस ब्रेक फेल भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा उनीहरु गीत गाएर नाच्दै थिए । दुर्घटनामा अरु ३० जना बढी घाइते भएका अर्घाखाँची प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए ।

मल्लका अनुसार घाइतेको अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ । प्रहरी र स्थानीयले घटनास्थलमा उद्धार गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!