१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

दाङ प्रहरीले चार्डपर्वलाई लक्षित गर्दै २२ बुदै सुरक्षा योजना सार्वजनिक

Logo
प्रकाशित शनिबार, आश्विन ११, २०७६

  • सागर थापा

असोज ११, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले नेपालीहरुको महान पर्वहरु दसैं,तिहार र छठ पर्वलाई मध्येनजरगर्दै जनहितमा २२ बुँदे अनुरोध जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक बस सेवाको टिकटमा कृत्रिम अभाव नगर्न, बढि भाडा असुल्ने तथा ओभरलोड नगर्न, उमेर अनुसार बसमा व्यवहारगर्न, मापासे गरी सवारी नचलाउन, यात्रुहरु आफै पनि सजग हुन आग्रह गरेको छ ।

असोज ९ गते जारी जनहितमा यात्रा गर्दा जंगली क्षेत्रमा सवारी नरोक्न, प्रहरीको सहयोग लिन, आफ्नो अवस्था बारे सामाजिक संजालमा सार्वजनिक नगर्न, घरको झ्याल ढोका राम्रोसंग बन्दगर्न, होटलमा बास बस्दा सजगता अपनाउन, आर्थीक कारोबार गर्दा सुरक्षित तवरवाट गर्न, बजारमा कृत्रिम अभाव, कालो बजारी, मिसावट नगर्न व्यपारीक व्यापारीहरुलाई आग्रह समेत जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक अपिल गरेको छ ।

प्रहरीले जारी गरेको अपिलमा चन्दा असुली, मादक पदार्थ सेवनगरी हुलहुज्ज्त नगर्न, लाउड स्पिकर बजाई ध्वनि प्रदुषण नगर्न, केही परे प्रहरी लाई खबर गर्न, जुवा तथा जुवा जन्य खेलहरु नखेलाउन, लागु औषध प्रयोग नगर्नहुन, आतिसबाजी नगर्न, महंगा गरगहनाहरु प्रदर्शन नगर्न, बैङ्किङ्ग कारोबारमा सुरक्षा, अपनाउन र कुनै घटना घटेमा वा घट्न सक्ने संभावना भएमा प्रहरी कन्ट्रोल १०० नम्बर वा ९८५७८९०१०१ मा फोन गर्न समेत सर्व साधारणहरुमा सार्वजनिक अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ भर्खरै इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भई आएका प्रहरी निरीक्षक न्यौपानेले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरू सँगको परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारकर्मीहरूसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रममा सहभागी पत्रकारहरूले राप्ती क्षेत्रको शान्ति सुरक्षा सुदृढीकरण, […]

दाङ । जागिरे जीवनका केही फरक अनुभवहरूको सँगालो बोकी करिब १४ महिनाको अवधिसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा कार्यरत रहँदा मलाई विभिन्न तवरले मार्गदर्शन गर्नुहुने आदरणीय लुम्बिनी प्रदेश प्रहरी कार्यालय का प्रमुख श्रद्धेय श्रीमान् भूपेन्द्रबहादुर खत्रीज्यू, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय का प्रमुखज्यूहरू, जिल्ला प्रहरी कार्यालय दाङका […]

बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् […]

error: Content is protected !!