१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् गृहमन्त्री र मुख्य सचिब भेटघाट गर्न पुगे

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक २०, २०८१

 

काठमाडौं । ओलीलाई सोमबार साँझदेखि ज्वरो आएको हो । प्रधानमन्त्रीको सचिवालयले यसअघि जस्तै यस पटक पनि हल्का ज्वरो आएको जनाएको छ ।

‘यसअघि पनि उहाँलाई हल्का ज्वरो आएको थियो । यस पटक फेरि सोमबार साँझदेखि हल्का ज्वरो आएको हो ।उहाँको स्वास्थ्यको अवस्था बुझ्न रगत जाँच गर्न पठाइएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘हिजो सार्वजनिक बिदा भएकोले बाहिर कार्यक्रम थिएन । आज हल्का ज्वरो आए पनि केही भेटघाट भने गर्नुभयो ।’

मंगलबार बिहान ओलीले गृहमन्त्री रमेश लेखक र मुख्य सचिव एकनारायण अर्यालसँग भेट गरेका छन् । बालुवाटारमा सामान्य भेटघाट गरेपछि ओली आराम गरेर बसेका उनको सचिवालयले जनाएको छ ।  ओलीले आइतबार बहिनीसँग भाइटीका लगाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]