१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

दुबै सुरक्षाकर्मीहरुको ३० वर्षे अवधिबारे कानुनमा स्पष्ट व्यवस्था गर्न सर्वोच्चको सरकारलाई आदेश

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, कार्तिक २२, २०८१

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा भएको ३० वर्षे सेवा अवधिविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अनिवार्य अवकाश लगायतका व्यवस्थाहरु ऐनमा नै समावेश हुनेगरी कानुन निर्माण गर्न सरकारलाई आदेश दिएको हो ।

सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘हालसम्म अदालतको आदेश बमोजिम अनिवार्य अवकाश लगायतका व्यवस्थाहरु ऐनमा समावेश गरिएको नदेखिँदा यसै आर्थिक वर्ष भित्र ऐनमा समावेश गर्ने व्यवस्था गर्नु गराउनु भनी परमादेश जारी हुने ठहर्छ ।’

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा समेत ३० वर्ष सेवा अवधि पूरा भएमा अनिवार्य अवकाश हुने व्यवस्था छ । स्थापनाकालमा सशस्त्र प्रहरी बलमा उक्त व्यवस्था नभएकोमा २०६६ सालमा नियमावली संशोधन मार्फत ३० वर्षे अनिवार्य अवकाशको व्यवस्था लागू गरिएको हो ।

निजामती, स्वास्थ्य, नेपाली सेना एवं विश्वविद्यालय कुनै पनि निकायमा ३० वर्षे सेवा अवधि लागू नगरिएको तर प्रहरीमा मात्रै यस्तो व्यवस्था गरिदा ४८ वर्ष उमेर पुगेको व्यक्ति समेत अवकाश हुने अवस्था आएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत १२ जनाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

सशस्त्र र नेपाल प्रहरीको अवकाशसम्बन्धी व्यवस्था संसदले जारी गरेको कानुनमा छैन । नियमावलीमा भएको व्यवस्था अनुसार, ३० वर्षे सेवा अवधि लागू भएको हो । अवकाशसम्बन्धी व्यवस्था कानुनमै व्यवस्था हुनुपर्नेमा प्रत्यायोजित विधायन (सरकारले बनाउने नियमावली) मा समावेश गरिएको भन्दै सर्वोच्च अदालतले कानुनमै त्यसबारे व्यवस्था गर्न पटकपटक सरकारका नाममा आदेश दिएको थियो ।

यसअघिका पटकपटक फैसलामा उल्लेखित विषयवस्तु कार्यान्वयन नभएको भन्दै तत्कालिन डिआईजी अभिकुमार खत्री लगायतले दायर गरेको रिट निवेदनमा न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अवधि नै तोकेर कानुन संशोधन गर्नु भनी आदेश दिएको हो

३० वर्षे सेवा अवधि लागू भएको हो । अवकाशसम्बन्धी व्यवस्था कानुनमै व्यवस्था हुनुपर्नेमा प्रत्यायोजित विधायन (सरकारले बनाउने नियमावली) मा समावेश गरिएको भन्दै सर्वोच्च अदालतले कानुनमै त्यसबारे व्यवस्था गर्न पटकपटक सरकारका नाममा आदेश दिएको थियो ।

यसअघिका पटकपटक फैसलामा उल्लेखित विषयवस्तु कार्यान्वयन नभएको भन्दै तत्कालिन डिआईजी अभिकुमार खत्री लगायतले दायर गरेको रिट निवेदनमा न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अवधि नै तोकेर कानुन संशोधन गर्नु भनी आदेश दिएको हो ।

३० वर्षे सेवा अवधिका कारण कम उमेरमै प्रहरीहरु अवकाश हुने व्यवस्था भएको, जसले गर्दा लामो समयसम्म सरकारले निवृत्तिभरण दिइरहनुपर्ने झञ्झट हुने रिट निवेदनमा जिकिर थियो । साथै, ठूलो धनराशी खर्च गरेर तालिमबाट तयार हुने जनशक्तिलाई उमेर नपुग्दै अवकाशमा पठाउदा उनीहरुले आर्जन गर्ने विज्ञताको पनि उपयोग नहुने भएकाले त्यो व्यवस्था खारेज हुनुपर्ने माग उनीहरुको थियो ।

नसक्ने सैद्धान्तिक मान्यता रहेको पाइन्छ ।’

ऐनमा नै समावेश हुनुपर्ने विषयलाई नियमावलीमा व्यवस्था गर्दा संसदको गरिमामा प्रश्न उठनुका साथै सरकारबाट अधिकारको दुरुपयोग हुने जोखिम पनि औल्याएको छ ।

यसअघि पनि यस्तै प्रकृतिका मुद्दामा सेवा अवधि, सेवाका शर्त जस्ता विषय ऐनमै समावेश गर्नु भनी नजीर प्रतिपादन भएको भन्दै सर्वोच्च अदालतले त्यसको कार्यान्वयन भएको नदेखिएको भन्दै यो मुद्दामा अवधि नै किटेर अवकाशको विषय समावेश गरी ऐन संशोधन गर्न आदेश दिएको हो । १० असोज २०८१ मा भएको फैसलाको पूर्णपाठ यसैसाता सार्वजनिक भएको हो ।

गत भदौको अन्तिम साता पनि प्रहरीमा ३० वर्षे सेवा अवधिको विवाद चर्किएको थियो । ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका कतिपय प्रहरी अधिकारीहरुको रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरुलाई पदमा यथावत राख्नु भनी अन्तरिम आदेश दियो भने कतिपयमा दिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]