१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

शुक्रबारको राशिफल यस प्रकारको रहेको छ

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, कार्तिक २३, २०८१

दाङ । तुल्सीपुरबाट मेष राशि – नेतृत्वदायि भुमिका निर्वाह गर्नु पर्नेछ।पारिवारिक साथले कार्य सम्पादनमा सहयोग हुनेछ ।आर्थिक लगानिमा अलिक सोचविचार गरेर अगाडि बढ्नुहोला ।बोलिकोप्रभाव वढ्नेछ । पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

बृष राशि – दिन प्रेमिल रहनेछ । नेतृत्व क्षमतामा निखारता छाउला । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । विशिष्ट व्यक्तिसंगको साथले कार्यमा सहजता प्राप्त होला । साझेदारिमा गरिएको कार्यमा सफलता मिल्नेछ ।दिन रमाईलो संग बित्नेछ ।

मिथुन राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्नेछ ।सामान्य चोटपटको भए रहेको छ सतर्क रहनुहोला ।उमङ्ग उत्साहमा कमी आउला । कार्यमा केहीँ ढिला सु्स्ति होला । खर्च वढ्नेछ । निर्णय गर्दा अलिक ख्याल राख्नु होला ।

कर्कट राशि – शिक्षा क्षेत्रमा प्रगति हुनेछ । नयाँ कार्यको थालनि होला । लामो समयदेखि रोकिएका कार्यले तिव्ररुप पाउनेछन् ।एकपछि अर्को अवसर अाउनाले मन प्रसन्न हुनेछ ।आफ्नो ईच्छाअनुरुप समय व्यतित हुनेछ ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | स्वास्थ्यमा ख्याल राख्नु होला ।

सिंह राशि – व्यक्तिगत जीवनलाई सन्तुलन राख्नु पर्नेछ ।हर्ष उल्लासमा दिन बित्नेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ । सामाजीक कार्यमा रुची वढ्नुका साथै मान सम्मान प्राप्त होला । पारिवारीक सुख प्राप्त हुनेछ ।

कन्या राशि – अधुरा कार्यहरु पून: सुचारु हुनेछन् ।वैदेशिक कार्यले तिव्रता पाउनेछ । अरुलाई छिटै प्रभावित पारेर कार्य सम्पन्न गर्न सकिनेछ । पारिवारी सुख प्राप्त होला । खानपानमा भने अलिक ध्यान दिनु पर्नेछ ।सामान्ने स्वास्थ्य विग्रनाले मन अशान्त रहनेछ ।

तुला राशि – अधिकार प्राप्त गर्न अलिक वढि संघर्ष गर्नुपर्नेछ ।खानपानमा अलिक ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला । चन्चलता वढ्नाले काममा बाधा उत्पन्न होला । वोल्दा अलिक ख्याल गर्नु होला ।व्यवसायमा भने सोचेअनुरुप सफलता मिल्ने छैन ।

बृश्चिक राशि – साहित्यिक क्षेत्रमा रुचि वढ्नेछ । बिशिष्ट व्यक्तिको सहयोगले जुनसुकै कार्यपनि सहज हुनेछ । व्यवसायमा मनग्य आम्दानि वढ्ला ।धार्मिक एवं सास्कृतिक कार्यमा सहभागि भैएला ।आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ ।आर्थिक उन्नति वढनेछ ।

धनु राशि – दैनिक कार्यमा सफलता मिल्नेछ ।आफन्तको साथ प्राप्त हुनेछ ।तपाईको लगनशिलताले नै कार्य सम्पादनमा सहजता ल्याउनेछ । आदर्श व्यक्तिसंगको सहकार्यले अझै सहजता होला । दिन शुभफल प्रदायक रहेको छ । पारिवारीक स्नेहले मनमा आन्नद उत्पन्न हुनेछ ।व्यवसायमा सफलता मिल्ला ।

मकर राशि – कुटुम्वको साथले दिन रमणिय बन्नेछ ।कार्यमा केहि चुनौति रहन सक्छ तर अग्रजको साथले सहजै सम्पन्न हुनेछ ।वैदेशिक क्षेत्रका अधुरा कार्यहरु अगाडि वढ्नेछन् ।व्यवसायले विस्तारै गति लिनेछ ।प्रेमीप्रेमिका विच सम्वन्ध सुमधुर हुनेछ ।

कुम्भ राशि – आफूलाई कमजोर भएको महशुस हुनेछ। नजिकका व्यक्तिवाट धोका पाईएला सजग रहनुहोला ।झन्झटिलो कार्यमा संलत्न भैएला ।फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ ।महत्वूर्ण कार्यमा व्यवधान आईपर्ला ।प्रेम सम्वन्धमा बाधा उत्पन्न होला । अवसरहरु गुम्नसक्नेछन् ।

मिन राशि – मङ्गलकार्यको योजना बन्नेछन् ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ ।आज मनमा शान्ति मिल्नेछ ।उत्साह एवं उमङ्गमा दिन वित्नेछ । प्मिष्ठान्न भोजन प्राप्त होला ।शुभकर्मको चर्चा चल्नेछ ।दिन आनन्दमय रहनेछ ।रोकिएका अधुरा कार्यहरु पून: सुचारु हुनेछन् ।

वास्तु टिप्स :-भोजन गर्दा कहिले पनि पश्चिम् वा दक्षिण फर्केर भोजन खानु हुदैन ,जहिले पनि खाना खादा पूर्व वा उत्तर मुख गरेर मुख नबोलि खादा शुभ हुन्छ ।खादाँ बोल्ने , गफ गर्ने , मोवाईल टिभि हेर्ने गर्नु वास्तु विपरीत हुन्छ ।यसो गर्नाले प्रत्यक्ष हाम्रो स्वास्थ्यमा असर गर्दछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]