२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

स्थानीय तह उपनिर्वाचनका लागि गृह मन्त्रालयले सुरक्षा तयारी सुरु गर्‍यो

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक २३, २०८१

 

काठमाडौं । गृह मन्त्रालयले तीन वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग)लाई सुरक्षा तयारी थाल्न निर्देशन दिएसँगै सम्बन्धित सुरक्षा निकायहरूले तयारी थालेका हुन् ।

गृहको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा केन्द्रीय निर्वाचन सुरक्षा समिति गठन गरेको छ । प्रहरीका अनुसार कार्य विभागका एसपी सञ्जय सिंह थापाको कमाण्डमा समिति गठन गरिएको हो ।

उक्त समितिले निर्वाचनको सुरक्षाका लागि चाहिने सम्पूर्ण तयारी गर्ने छ ।

समितिले सम्बन्धित ठाउँको अनुगमन, सुरक्षाकर्मी परिचालन, थप जनशक्ति माग, विभिन्न सुरक्षा रणनीतिहरूको अध्ययन गरेर काम गर्नेछ ।

त्यसका लागि उपनिर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखहरूसँग चुनावको क्रममा हुनसक्ने सुरक्षा चुनौती र आवश्यक रणनीतिक योजना समेत केन्द्रीय निर्वाचन सुरक्षा समितिले माग गरेको छ ।

जिल्लाले दिएको रिपोर्टका आधारमा सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने तयारी केन्द्रीय सुरक्षा समितिको छ । उपनिर्वाचन हुने ठाउँ तथा जिल्लाका सुरक्षाकर्मीले नपुगेको अवस्थामा अन्य जिल्लाका सुरक्षाकर्मीहरू मागेर परिचालन गर्नेसम्मको अधिकार केन्द्रीय निर्वाचन सुरक्षा समितिलाई दिइएको छ ।

सशस्त्र प्रहरी बलले पनि गृहको निर्देशनपछि उपनिर्वाचन सुरक्षाको तयारी थालेको छ । सशस्त्रको कार्य विभागका एसएसपी दिग्विजय सुवेदीको कमाण्डमा सशस्त्र प्रहरीले केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरेर काम सुरु गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि न्यायपरिषदले प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गर्दा डा. शर्मा पनि परेका थिए । २०७६ वैशाखमा सर्वोच्चको न्यायाधीश बनेका शर्मा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीश नियुक्त हुने छन् ।

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

error: Content is protected !!