२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

रोल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, कार्तिक २३, २०८१

 

रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पा सुकिदह-४ पाखापानि बस्ने बर्ष ७० का भरत बहादुर वलि, सोही ठाँउका १८ वर्षका लोकेन्द्र खत्रि, ३४ वर्षका तिलक केसी, १३ वर्षका लक्ष्मी केसी, ३९ वर्षका रुपा केसी, १२ वर्षका नबिन केसी रहेका छन् ।

यस्तै दुर्घटनामा रोल्पा सुकिदह-४ पाखापानि कै ९वर्षका मोहन केसी, ३७ वर्षका दिपक खत्री, २६ वर्षका भुपाल खत्री र २३ वर्षका निर्मला वली रहेका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

रोल्पा जिल्लाको त्रिबेणी गाउँपालिका-३, तिखनभिर स्थित भित्री सडक खण्डमा जिप दुर्घटना भएको छ । तुलसीपुर तर्फ आउँदै गरेको लु १ ज २३८६ नम्बरको जिप आज दिउँसो २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिपमा १२ जना सवार रहेका थिए । रोल्पा सुकिदह गाउपालिका-४ बस्ने २० वर्षका जिप चालक करन वली र गाडी साहु रमेश वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]