०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

गोरु तस्करी जारी कपिलवस्तुमा गाईगोरुलाई निर्दयी तरिकाले बाँधेर ओसारपसार गर्ने ट्रक चालक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक २४, २०८१

 

कपिलवस्तु । चन्द्रौटा कृष्णनगर सडक खण्ड अन्तर्गत शिवराज नगरपालिका-७ जवाभारीबाट बारा निजगढ नगरपालिका-४ घर भएका २६ वर्षीय ट्रक चालक कमल धामी शुक्रबार ५ बजे पक्राउ परेका हुन् ।

उनले २१ वटा गोरुका पुच्छर ट्रकको छतमा डोरीले बाँधेका थिए भने नाक पनि डोरीले छेडेर बाँधेका थिए । त्यस्तै गोरुलाई खुट्टा बाँधेर पल्टाएका थिए । प्रहरीका अनुसार ना६ख ३७०८ नम्बरको ट्रक पूरै त्रिपालले ढाकेर सास फेर्नसमेत गाह्रो बनाएर एक ठाउँबाट अर्को ठाउँमा गोरु ओसारपसार गर्दा उनी पक्राउ परेका हुन् । क्रुर यातना दिई मापदण्ड विपरीत पशुप्रति निर्दयी व्यवहार गरेको पाइएकोले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणी अधिकारीले बताए ।

घटना पश्चात सबै गोरुको डोरी काटेर जवाभारीको वनमा छाडिएको छ । अमानवीय काम गर्ने सवारी चालक धामी र सवारीसाधन नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० (पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने) को (१) बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!