१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

गोरु तस्करी जारी कपिलवस्तुमा गाईगोरुलाई निर्दयी तरिकाले बाँधेर ओसारपसार गर्ने ट्रक चालक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक २४, २०८१

 

कपिलवस्तु । चन्द्रौटा कृष्णनगर सडक खण्ड अन्तर्गत शिवराज नगरपालिका-७ जवाभारीबाट बारा निजगढ नगरपालिका-४ घर भएका २६ वर्षीय ट्रक चालक कमल धामी शुक्रबार ५ बजे पक्राउ परेका हुन् ।

उनले २१ वटा गोरुका पुच्छर ट्रकको छतमा डोरीले बाँधेका थिए भने नाक पनि डोरीले छेडेर बाँधेका थिए । त्यस्तै गोरुलाई खुट्टा बाँधेर पल्टाएका थिए । प्रहरीका अनुसार ना६ख ३७०८ नम्बरको ट्रक पूरै त्रिपालले ढाकेर सास फेर्नसमेत गाह्रो बनाएर एक ठाउँबाट अर्को ठाउँमा गोरु ओसारपसार गर्दा उनी पक्राउ परेका हुन् । क्रुर यातना दिई मापदण्ड विपरीत पशुप्रति निर्दयी व्यवहार गरेको पाइएकोले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणी अधिकारीले बताए ।

घटना पश्चात सबै गोरुको डोरी काटेर जवाभारीको वनमा छाडिएको छ । अमानवीय काम गर्ने सवारी चालक धामी र सवारीसाधन नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० (पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने) को (१) बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]