दाङ । तुल्सीपुरबाट मेष राशि – मुद्दामामिला वा न्यायिक कार्यमा सफलता मिल्नेछ ।कुनैपनि कुराले उमङ्ग छाउला ।सामाजीक कार्यमा रुची वढ्ला आर्थिक सुधार हुनेछ । पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्यमा भने अलिक ख्याल गर्नु पर्ला ।
बृष राशि – पुर्नमिलनको योग रहेको छ ।पुराना मित्रसंगको भेटघाटले मनमा हर्ष छाउला ।दिन प्रेमिल रहनेछ । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । दिन रमाईलो संग बित्नेछ ।
मिथुन राशि – धार्मिक कार्यमा रुची वढ्ला । आफन्तको सहयोगले मनमा हर्ष छाउला ।व्यवसायिक सफलता मिल्ला ।आय अार्जनका श्रोतहरु बढ्नाले मन प्रसन्न रहला ।
कर्कट राशि -प्रतिस्पर्धामा कमजोर वनिएला । बिरोधिहरु वढ्नाले मन दुखि होला । आर्थिक कारोवारमा सोचेअनुरुप सफलता मिल्ने छैन ।सामान्य चोटपटको भए रहेको छ सतर्क रहनुहोला ।
सिंह राशि – बाणिको प्रभाव वढ्नेछ ।कलाको क्षेत्रमा मन रमाउला ।आर्थिक सुधार हुनेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ ।विशिष्ट व्यक्ति संगको भेटघाटले मन प्रसन्न रहला ।
कन्या राशि – नयाँ नयाँ योजनाहरु बन्नेछन् ।अधुरा कार्यहरु पुन: सुचारु हुनेछन् ।व्यवसायमा सफलता मिल्नेछ ।प्रशासनिक क्षेत्रमा सवल भैएला ।पारिवारीक प्रेम वढ्नेछ ।तर वेलुका पख खर्च बढ्नेछ ।
तुला राशि – दिन प्रेमिल हुनेछ । पुराना मित्र संगको मिलनले मनमा हर्ष छाउला ।नयाँ कार्यका योजनाहरु बन्नेछन् । आर्थिक मामिलामा सोचविचार गरेर मात्र अगाडि वढ्नुहोला । वोल्दा अलिक ख्याल गर्नु होला ।
बृश्चिक राशि – राजनैतिक कार्यमा सोचेअनुरुप सफलता मिल्ने छैन ।आर्थिक एवं व्यवसायिक पक्षमा सोचेअनुरुप सफलता नमिल्ला ।अरुको विश्वासमा पर्नाले दुख पाईएला ।मन अस्थिर रहला ।
धनु राशि – पारिवारीक वातावारणमा दिन मंगलताका साथ वित्नेछ ।शैक्षिक प्रगति होला ।शुभ समाचारले मनमा हर्ष छाउला ।तपाईको लगनशिलताले नै कार्य सम्पादनमा सहजता ल्याउनेछ ।
मकर राशि – नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुन सक्छ। दिन रमाईलो संग वित्नेछ । व्यवसायमा सफलता मिल्ला ।।अआम्दानिका नयाँ स्राेतहरु बढ्नेछन् ।न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ राशि – मिष्ठान्न भोजन प्राप्त होला ।पारिवारीक सद्भाव वढ्नेछ । व्यवसायिक सफलता मिल्नेछ । चिताएका कार्यले तिव्रता प्राप्त गर्नेछन् ।मन प्रसन्न रहला । अध्ययनमा रुची बढ्नेछ ।घुमफिर गर्दा अलिकति सतर्क रहनुहोला ।
मिन राशि -चूनौतिको सामना गर्नुपर्नेछ ।स्वास्थ्य प्रतिकुल हुदाँ मनमा चिन्ता वढ्नेछ ।आफूलाई कमजोर भएको महशुस हुनेछ। फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ ।महत्वूर्ण कार्यमा व्यवधान आईपर्ला । अलिक आत्मवल वढाएर कार्य गर्दा सफलता मिल्नेछ ।
वास्तु टिप्स –
घरको मुलि मान्छेको शयन कक्ष जहिले पनि नैऋत्य दिशा ( पश्चिम दक्षिण ) मा हुनु पर्छ यहाँ सुत्दा मूल व्यक्तिला घरायसि वा व्यवहारिक भारले मनमा भएका चिन्ता वा थकान कम गर्न मद्दत गर्नुका साथै पतिपत्नि साथमा छन् भने आपसि प्रेममा मजवुत बनाउदछ ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799