१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

रौतहटमा अज्ञात समूहद्वारा गोली प्रहार विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, कार्तिक २६, २०८१

रौतहट । चन्द्रपुर नगरपालिका वडा नम्बर १ स्थित मकवानपुरको सीमामा अज्ञात समूहद्वारा गोली प्रहार भएको छ। यस घटनामा मकवानपुरको हात्ती सुने माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम लामा घाइते भएका छन्।

जानकारीअनुसार, चन्द्रपुर नगरपालिकाको क्षेत्रमा पर्ने जोगी खोलाको मुहान नजिक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर १ बाट मकवानपुरको राईगाउँ जाने सडकमा प्रधानाध्यापक लामामाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोलीले उनको दाहिने गालामा चोट लागेको र थप उपचारका लागि उनलाई वीरगञ्ज पठाइएको स्थानीय बासिन्दा समिर बाबु कार्कीले बताएका छन्।

घटनास्थलमा अहिले अनुसन्धानका लागि पौराही प्रहरी चौकीका सहायक निरीक्षक कुन्दन सिंहको नेतृत्वमा प्रहरी टोली खटाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]