१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

सांसद शान्ता चौधरीको गाडी दुर्घटना

Logo
प्रकाशित मंगलबार, कार्तिक १९, २०७६

कात्तिक १९, दाङ । गएराती  प्रतिनिधीसभाकी सांसद  शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी  दाङको लमही–६  स्थित  कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ ।

सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको  स्कारपियो गाडी दुर्घटना  भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्त  डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

रातको १२ बजेर ४५ मिनेट जाँदा गाडी दुर्घटना भएपछि त्यसका चालक रतनलाल चौधरी जानकारी गराउन आफै प्रहरी कार्यालयमा आएको र उनलाई नियन्त्रणमा राखिएको डिएसपी शाहले बताए ।

स्थानीयका  अनुसार गाडी सडकदेखि करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा  कुनै मानविय क्षति भने भएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ भर्खरै इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भई आएका प्रहरी निरीक्षक न्यौपानेले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरू सँगको परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारकर्मीहरूसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रममा सहभागी पत्रकारहरूले राप्ती क्षेत्रको शान्ति सुरक्षा सुदृढीकरण, […]

दाङ । जागिरे जीवनका केही फरक अनुभवहरूको सँगालो बोकी करिब १४ महिनाको अवधिसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा कार्यरत रहँदा मलाई विभिन्न तवरले मार्गदर्शन गर्नुहुने आदरणीय लुम्बिनी प्रदेश प्रहरी कार्यालय का प्रमुख श्रद्धेय श्रीमान् भूपेन्द्रबहादुर खत्रीज्यू, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय का प्रमुखज्यूहरू, जिल्ला प्रहरी कार्यालय दाङका […]

बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् […]

error: Content is protected !!