काठमाडौं । सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ४५५ हवल्दारहरुलाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो।
बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बढुवा हुनेमा नवराज सुवेदी, सन्तोष खड्का, यम बहादुर कार्की, खिम बहादुर गुरुङ्, रिता ओझा, दिना नाथ गेलाल लगायतका व्यक्तिहरु रहेका छन्।