२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख २४, २०८३

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै १४ जनाबाछ ५३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने बागलुङ काठेखोलागाउँपालिका-३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही चक्रघट्टा
गाउँपालिका-२ घर भएका ३९ वर्षीय विजय कुमार यादव छन्।

त्यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बस्ने ३७ वर्षीय चिरन्जिवी अधिकारी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका – ११ बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रवेश गुरूङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सन्दिपले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, निर बहादुरले क्रोएशिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट २ लाख २५ हजार रूपैयाँ, विजय कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २० हजार रूपैयाँ, चिरन्जिवीले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३० लाख रूपैयाँ र प्रवेशले मकाउ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिएको अनुसन्धानको क्रममा खुलेको छ।

रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्दिप र विजय कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट तथा निर बहादुरलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो।

त्यसैगरी चिरन्जिवीलाई काठमाडौं महानगरपालिका-११ बाट र प्रवेशलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]