२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

प्रगतिशील पत्रकार संघले पत्रकार महासंघ दाङको कार्यालयमा अनिश्चतकालिन तालाबन्दी गर्‍यो,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, मंसिर १८, २०८१

 

दाङ । नेपाल पत्रकार महासंघ दाङको कार्यालयमा अनिश्चतकालिन तालाबन्दी भएको छ । पत्रकार महासंघको मंसिर २८ गते हुन लागेको निर्वाचन अन्र्तगत केन्द्रिय निर्वाचन समितीले आज सार्वजनिक गरेको मतदाता नामवलीमा असन्तुष्ट जनाउँदै महासंघ दाङको कार्यालयमा तालाबन्दी गरिएको हो ।प्रगतिशील पत्रकार संघ नेपाल दाङले आज मंगलबार नेपाल पत्रकार महासघको जिल्ला कार्यालय दाङमा अनिश्चतकालिन तालाबन्दी गरेको छ । । प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेश रिजालले सङ्गठनको तर्फबाट कार्यालयको मुल गेटमा तालाबन्दी गर्नुभएको हो ।
दाङमा प्रगतिशील पत्रकार संघप्रति आस्था राख्ने क्रियाशील पत्रकारलाई महासघको सदस्यता नदिएर भेदभाव गरिएको भन्दै तालाबन्दी गरिएको रिजालले बताउनुभयो । उक्त मूल गेटमा प्रगतिशील पत्रकार संघ दाङले कार्यालयमा केन्द्रीय समितिद्वारा जारी प्रेस विज्ञप्ति टासेको छ । यसअघि, प्रगतिशीलको केन्द्रीय समितिले हिजो मङ्सिर १७ गते नै महासंघले सदस्यता विवादमा भएको भन्दै प्रेस विज्ञप्ति जारी बिरोध जनाएको छ ।
यता पत्रकार महासंघको सदस्यतामा आस्था र पूर्वाग्राही ढंगले क्रियाशिल पत्रकारहरुको नाम समावेश नगरिएको र जिल्लाले सिफारिस गरेका नाम समेत प्रदेश समितीले काटेर आफूखुसी मनोमानी ढंङ्गले नाम थपेर पठाएको नामावलीप्रति दाङका अधिकांश पत्रकारहरुले असन्तुष्ट जनाउँदै बिरोध गरेका छन् भने प्रगतिशिल पत्रकार संघले गरेको तालाबन्दीलाई समर्थन समेत जनाएका छन् ।

प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यद्धय सन्तोषकुमार गुप्ता, शिबबहादुर एमसी (बिदुर), राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी र मञ्चकै दोस्रो उपाध्यक्ष जमिर शाह लगायतका पत्रकारहरुले निर्वाचन समितीले सार्वजनिक गरेको नामावली प्रति असन्तुष्टि जनाउँदै प्रगतिशलिको तालाबन्दीलाई समर्थन जनाउँदै थप तालाबन्दी गर्ने जनाएका छन् । प्रकाशित नामावलीमा पुर्नविचार नगरिए अनिश्चतकालिन तालाबन्दी संगै थप संघर्षका कार्यक्रम गर्ने असन्तुष्ट पत्रकारहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै १४ जनाबाछ ५३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने बागलुङ काठेखोलागाउँपालिका-३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-२ घर भएका ३९ […]

काठमाडौं । *घटनाको विवरण:* थाई भ्लगर पशुपति क्षेत्रमा भिडियो खिच्दै हिँडिरहेका बेला एक व्यक्तिले जबरजस्ती हात समातेर पैसाका लागि तान्ने प्रयास गरेका थिए। भ्लगर डराएर पछि हटेको र असहज मानिरहेको दृश्य भिडियोमा देखिन्छ। यो भिडियो अहिले TikTok, X र YouTube मा भाइरल छ। *यसले उठाएका प्रश्न:* 1. *पर्यटक सुरक्षा*: पशुपति जस्तो UNESCO विश्व सम्पदा सूचीमा […]

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

error: Content is protected !!