२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

धरानमा नेकपाको चुनाबी प्रचार –प्रसार समिती घोषणा

Logo
प्रकाशित शनिबार, कार्तिक २३, २०७६

  • विनोद दर्नाल, धरान

कात्तिक २३, धरान । आगामी मंशीर १४ गते हुने उप–निर्वाचनको चुनावी प्रचारलाई प्रभावकारी वनाएर नेकपाको उम्मेद्धवारलाई विजय गराउनको लागि नेपाल कम्युनिष्ट पाटी(नेकपा) ले चुनाबी प्रचार–प्रसार समिती घोषणा गरेको छ ।

शुक्रवार धरान –१ स्थित नेकपाको पाटी कार्यालयमा भएको भेलाद्धारा पत्रकार भीम राई ज्वालाको संयोजकत्वको ५१ सदस्य धरान उपमहानगर निर्वाचन परिचालन प्रचार प्रसार तथा प्रकाशन उप समिति घोषणा भएको हो । राईको संयोजकत्वमा वनेको समितीमा सह–संयोजक श्रीशीशा राई,किसोर कुमार कार्की र जनकऋषि राई रहेका छन् ।त्यसैगरि भेलाले १७ सदस्यीय सचिवालय समेत वनको छ भने एक दर्जन भन्दा वढी उप समितीहरु वनेको छ । समितीले पत्रपत्रिका, अनलाइन,सामाजिक सन्जाल,रेडियो, टिभी लगायतका सन्चार माध्यमको प्रयोग गरि चुनावी प्रचार अभियानलाई तीव्र वनाउने छ । त्यसैको लागि विभिन्न उप–समितीहरुको वनेको हो । विभिन्न उप समितीहरुको पनि जिम्मेवारी तोकिएको छ ।

भेलालाई संवोधन गर्दै नेकपा जिल्ला सुनसरी सचिव रमेश कुमार वस्नेतले आगामी मंशीर १४ गते हुने उप–निर्वाचनमा प्रभावकारी रुपले चुनावी प्रचारलाई अघि वढाएर नेकपाको उम्मेद्धवारलाई जिताउनको लागि सहयोग गर्न आग्रह गरेका छन् । भेलामा जिल्ला सदस्य मुरारी सुवेदी,प्रेस संगठन नेपालका निर्वाचन अनुगमन तथा प्रचार समिती केन्द्रिय सदस्य विश्वमणि सुवेदी,पत्रकार किसोर कुमार कार्की लगायतले वोलेका थिए ।भेलालाई संवोधन गर्दै निर्वाचन परिचालन प्रचार प्रसार तथा प्रकाशन उप समितीका संयोजक भीम राई ज्वालाले नेकपाको उम्मेद्धवारलाई जिताउनको लागि प्रचार समितीले योजना वनाएर अघि वढ्ने पर्ने वताएका छन् । उनले भने,‘अव समितीले पुर्णता पायो,चुनावी मैदान सम्म पुगेर चुनावी अभियानलाई तीव्र वनाइनेछ ।

’भेलाले प्रचार प्रसार तथा प्रकाशन अनुगमन कमिटी पनि वनाएको छ । पत्रकार किसोर कुमार कार्कीको संयोजकत्वमा कमिटी वनेको हो । कमिटीमा सदस्यहरु पत्रकार देवन्द्र कार्की,गंगा बराल,निलिफा शुव्वा,राजेश विद्राृेही, प्रदिप मेन्याङबो,किसोर थुलुङ,गिरीराज अधिकारी र सागर भट्टराई रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]