२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

धरानमा नेकपाको चुनाबी प्रचार –प्रसार समिती घोषणा

Logo
प्रकाशित शनिबार, कार्तिक २३, २०७६

  • विनोद दर्नाल, धरान

कात्तिक २३, धरान । आगामी मंशीर १४ गते हुने उप–निर्वाचनको चुनावी प्रचारलाई प्रभावकारी वनाएर नेकपाको उम्मेद्धवारलाई विजय गराउनको लागि नेपाल कम्युनिष्ट पाटी(नेकपा) ले चुनाबी प्रचार–प्रसार समिती घोषणा गरेको छ ।

शुक्रवार धरान –१ स्थित नेकपाको पाटी कार्यालयमा भएको भेलाद्धारा पत्रकार भीम राई ज्वालाको संयोजकत्वको ५१ सदस्य धरान उपमहानगर निर्वाचन परिचालन प्रचार प्रसार तथा प्रकाशन उप समिति घोषणा भएको हो । राईको संयोजकत्वमा वनेको समितीमा सह–संयोजक श्रीशीशा राई,किसोर कुमार कार्की र जनकऋषि राई रहेका छन् ।त्यसैगरि भेलाले १७ सदस्यीय सचिवालय समेत वनको छ भने एक दर्जन भन्दा वढी उप समितीहरु वनेको छ । समितीले पत्रपत्रिका, अनलाइन,सामाजिक सन्जाल,रेडियो, टिभी लगायतका सन्चार माध्यमको प्रयोग गरि चुनावी प्रचार अभियानलाई तीव्र वनाउने छ । त्यसैको लागि विभिन्न उप–समितीहरुको वनेको हो । विभिन्न उप समितीहरुको पनि जिम्मेवारी तोकिएको छ ।

भेलालाई संवोधन गर्दै नेकपा जिल्ला सुनसरी सचिव रमेश कुमार वस्नेतले आगामी मंशीर १४ गते हुने उप–निर्वाचनमा प्रभावकारी रुपले चुनावी प्रचारलाई अघि वढाएर नेकपाको उम्मेद्धवारलाई जिताउनको लागि सहयोग गर्न आग्रह गरेका छन् । भेलामा जिल्ला सदस्य मुरारी सुवेदी,प्रेस संगठन नेपालका निर्वाचन अनुगमन तथा प्रचार समिती केन्द्रिय सदस्य विश्वमणि सुवेदी,पत्रकार किसोर कुमार कार्की लगायतले वोलेका थिए ।भेलालाई संवोधन गर्दै निर्वाचन परिचालन प्रचार प्रसार तथा प्रकाशन उप समितीका संयोजक भीम राई ज्वालाले नेकपाको उम्मेद्धवारलाई जिताउनको लागि प्रचार समितीले योजना वनाएर अघि वढ्ने पर्ने वताएका छन् । उनले भने,‘अव समितीले पुर्णता पायो,चुनावी मैदान सम्म पुगेर चुनावी अभियानलाई तीव्र वनाइनेछ ।

’भेलाले प्रचार प्रसार तथा प्रकाशन अनुगमन कमिटी पनि वनाएको छ । पत्रकार किसोर कुमार कार्कीको संयोजकत्वमा कमिटी वनेको हो । कमिटीमा सदस्यहरु पत्रकार देवन्द्र कार्की,गंगा बराल,निलिफा शुव्वा,राजेश विद्राृेही, प्रदिप मेन्याङबो,किसोर थुलुङ,गिरीराज अधिकारी र सागर भट्टराई रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]