२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति,

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर २३, २०८१

 

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ ।

सहकारी प्रकरणमा ५२ दिन देखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई कास्की जिल्ला अदालतले ४ दिन म्याद थप गरेको हो। जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमती दिएको हो ।

अदालतले रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचाप देखिएकाले पूर्ण स्वास्थ्य परीक्षण गराउन समेत आदेश दिएको छ । त्यस्तै लामिछानेलाई बयानका क्रममा चितवन लगिएको र त्यहाँबाट पोखरा ल्याउने क्रममा अमानवीय तरिकाले अड्डासार गरिएको भन्ने विषय उठेपछि न्यायाधीश बेलबासेले हिरासतमा रहँदा मानवअधिकार उल्लङ्गन नगर्न समेत आदेश दिएका छन् ।

आइतबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शुसिल पन्त, हरि सुवेदी र अधिवक्ता डा नारायण कँडेलले बहस गरेका थिए ।

सहकारी रकम अपचलनको आरोप लागेका लामिछानेलाई कास्की प्रहरीको पत्रका आधारमा कात्तिक २ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर कास्की पठाएको थियो ।

कास्की जिल्ला अदालतले गत मंसिर ९ गते रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाचौँ पटक म्याद थप गरेको थियो । सो समयमा अदालतले रविलाई १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । सो समय शनिबार सकिएपछि आइतबार कार्यालय खुल्नासाथ उनलाई अदालत उपस्थित गराइएको हो ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा, काठमाडौँको स्वर्णलक्ष्मी, पर्साको सानोपाइला सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको छ । प्रहरीले पर्सा बाहेकका सहकारी भएको ठाउँमा लगरे लामिछानेको बयान समेत लिइसकेको छ । साभार सिधाकुरा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!