०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

सुरक्षा प्रमुखहरु मतदान केन्द्रमा दाङको १६ नम्बर वडामा ठुलो विस्फोटको आवाज मात्र

Logo
प्रकाशित शनिबार, मंसिर १४, २०७६

 मंसिर १४,  दाङ । दाङमा मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी दाङमा विस्फोट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्वर १६ को वडाध्यक्षका लागि आज हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी विस्फोट गराइएको हुन सक्ने स्थानीयहरु बताउँछन ।

निर्वाचन हुने स्थल वडा नम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो । बिहान ठूलो बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले जानकारी दिनुभयो छ ।

बिस्फोटबाट कुनै पनि क्षति नभएको डिआइजी शाहले बताए। कसले के बिस्फोट गराएको हो भन्ने नखुलेको उहाँले जानकारी दिनुभयो । शनिबार घोराही १६ मा वडाध्यक्षका लागि मतदान हुँदैछ पाँच नम्बर प्रदेशको जिल्ला उपनिर्वाचन हुने ठाँउमा बाक्लो सुरक्षा कर्मीहरु खटिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]

बाँके । नेपालगन्ज, बीपी चोक यो ठाउँमा ग्रीन बेल्ट छ र राति दु-र्घट-ना हुने गरेको गुनासो पहिलेदेखि नै छ । स्थानीय र ट्राफिक स्रोतहरूका अनुसार सवारी साधन अत्यधिक तीव्र गतिमा थियो ग्रीन बेल्टको संरचना र सवारी साधनमा क्षति पुगेको छ । प्रहरीले अहिले घटनाको थप विवरण र घाइतेको अवस्थाबारे अनुसन्धान गरिरहेको छ। भारतबाट आउने सवारीहरूले […]

error: Content is protected !!