२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

चिया फ्याक्ट्री अगाडि कुकर बम राख्ने दुईजना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर २८, २०८१

 

काठमाडौं । गोरखा पालुङटार नगरपालिका–७ घर भई हाल जिल्ला तनहुँ ब्यास नगरपालिका–१४ बस्ने गौरव उपनाम भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ खोटेहाङ गाउँपालिका–७ कातिके टोल बस्ने समर्पण भट्टराई उपनाम भएका ३५ वर्षीय दिलिप भट्टराई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा मंसिर २५ गते पक्राउ गरी बिहीवार झापा जिल्ला अदालतबाट ९ दिन म्याद मिलान गरी इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले झापाका डिएसपी कृष्ण चन्दला जानकारी दिनु भयो ।

यसअघि मंसिरको दोस्रो साता घटना गराएको करिव अढाई महिनापछि दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय टोल बस्ने २० वर्षीय धिरज माझी रहेका छन् । राजकुमारलाई उर्लाबारी नगरपालिका–७ उर्लाबारी चोकबाट पक्राउ गरिएको थियो भने सोही दिन धिरज पथरीशनिश्चरे नगरपालिका–१ जातेरोड चोकबाट पक्राउ परेका थिए ।

गत भदौ २८गते  बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धुकै शमशेर एण्ड गंगादेवी टी स्टेट प्रालिको पश्चिम पर्खाल नजिकै क्षति पुर्याउने उद्धेश्यले उनीहरुले कुकर बम राखेका थिए । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्ड गिरीबन्धु टी स्टेटको जग्गा कब्जा किन ?लेखिएको पर्चा त्यहाँ भेटिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!