दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ ।

उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो जन्म दिनको सु-अवसर पारेर रक्तदान गरेको बताउनु भयो ।
पत्रकार थापा विभिन्न संघसस्थामा आबद्ध समेत हुनुहुन्छ । पत्रकार थापाले नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र दाङको घोराहीमा पुगेर रक्त दान गर्नुभएको हो ।