१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

शनिबारको राशिफल,

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर २९, २०८१

दाङ । तुल्सीपुर मेष राशि – नेतृत्वदायि भुमिका निर्वाह गर्नु पर्नेछ।पारिवारिक साथले कार्य सम्पादनमा सहयोग हुनेछ ।आर्थिक लगानिमा अलिक सोचविचार गरेर अगाडि बढ्नुहोला ।बोलिको प्रभाव वढ्नेछ । पारिवारिक सद्भाव वढ्नेछ ।शुभकार्यको चर्चा चल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

बृष राशि – दिन प्रेमिल रहनेछ । नेतृत्व क्षमतामा निखारता छाउला । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । विशिष्ट व्यक्तिसंगको साथले कार्यमा सहजता प्राप्त होला । साझेदारिमा गरिएको कार्यमा सफलता मिल्नेछ ।दिन रमाईलो संग बित्नेछ ।

मिथुन राशि – स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्नेछ ।सामान्य चोटपटको भए रहेको छ सतर्क रहनुहोला ।उमङ्ग उत्साहमा कमी आउला । कार्यमा केहीँ ढिला सु्स्ति होला । खर्च वढ्नेछ । निर्णय गर्दा अलिक ख्याल राख्नु होला ।

कर्कट राशि – शिक्षा क्षेत्रमा प्रगति हुनेछ । नयाँ कार्यको थालनि होला । लामो समयदेखि रोकिएका कार्यले तिव्ररुप पाउनेछन् ।एकपछि अर्को अवसर अाउनाले मन प्रसन्न हुनेछ ।आफ्नो ईच्छाअनुरुप समय व्यतित हुनेछ ।सोचेअनुरप कार्य अगाडि वढ्नाले मनमा हर्ष छाउँला | स्वास्थ्यमा ख्याल राख्नु होला ।

सिंह राशि – व्यक्तिगत जीवनलाई सन्तुलन राख्नु पर्नेछ ।हर्ष उल्लासमा दिन बित्नेछ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । सोचेअनुरप सफलता प्राप्त हुनेछ । सामाजीक कार्यमा रुची वढ्नुका साथै मान सम्मान प्राप्त होला । पारिवारीक सुख प्राप्त हुनेछ ।

कन्या राशि – अधुरा कार्यहरु पून: सुचारु हुनेछन् ।वैदेशिक कार्यले तिव्रता पाउनेछ । अरुलाई छिटै प्रभावित पारेर कार्य सम्पन्न गर्न सकिनेछ । पारिवारी सुख प्राप्त होला । खानपानमा भने अलिक ध्यान दिनु पर्नेछ ।सामान्ने स्वास्थ्य विग्रनाले मन अशान्त रहनेछ ।

तुला राशि – खानपानमा अलिक ध्यान दिनुपर्नेछ। निर्णय गर्दा विशेष ख्याल गर्नुहोला । चन्चलता वढ्नाले काममा बाधा उत्पन्न होला । नोकरी वा पेशामा शत्रु वढ्नेछन् ।वोल्दा अलिक ख्याल गर्नु होला ।व्यवसायमा भने सोचेअनुरुप सफलता मिल्ने छैन ।

बृश्चिक राशि – साहित्यिक क्षेत्रमा रुचि वढ्नेछ । बिशिष्ट व्यक्तिको सहयोगले जुनसुकै कार्यपनि सहज हुनेछ । व्यवसायमा मनग्य आम्दानि वढ्ला ।धार्मिक एवं सास्कृतिक कार्यमा सहभागि भैएला ।आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ ।आर्थिक उन्नति वढनेछ ।

धनु राशि – दैनिक कार्यमा सफलता मिल्नेछ ।आफन्तको साथ प्राप्त हुनेछ ।तपाईको लगनशिलताले नै कार्य सम्पादनमा सहजता ल्याउनेछ । आदर्श व्यक्तिसंगको सहकार्यले अझै सहजता होला । दिन शुभफल प्रदायक रहेको छ । पारिवारीक स्नेहले मनमा आन्नद उत्पन्न हुनेछ ।व्यवसायमा सफलता मिल्ला ।

मकर राशि – कुटुम्वको साथले दिन रमणिय बन्नेछ ।कार्यमा केहि चुनौति रहन सक्छ तर अग्रजको साथले सहजै सम्पन्न हुनेछ ।वैदेशिक क्षेत्रका अधुरा कार्यहरु अगाडि वढ्नेछन् ।व्यवसायले विस्तारै गति लिनेछ ।प्रेमीप्रेमिका विच सम्वन्ध सुमधुर हुनेछ ।

कुम्भ राशि -शत्रु पराजित हुनेछन् ।चल अचल सम्पत्ति जोड्नको लागि उपर्युक्त समय रहेको छ ।तर फजुल खर्चले मनमा चिन्ता उत्पन्न हुनेछ ।प्रेम सम्वन्धमा बाधा उत्पन्न होला । व्यवसायिक सफलता मिल्ला ।दिन रमणिय हुनेछ ।

मिन राशि – मङ्गलकार्यको योजना बन्नेछन् ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ ।आज मनमा शान्ति मिल्नेछ ।उत्साह एवं उमङ्गमा दिन वित्नेछ । प्मिष्ठान्न भोजन प्राप्त होला ।शुभकर्मको चर्चा चल्नेछ ।दिन आनन्दमय रहनेछ ।रोकिएका अधुरा कार्यहरु पून: सुचारु हुनेछन् ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]