१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

नेपाल प्रहरीका २ जना डीआईजी सिंह र बोहरा एआईजीमा बढुवा सिफारिस,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर २९, २०८१

 

काठमाडौं । डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदानेन्नति गर्न बढुवा समितिले सिफारिस गरेको हो।

गृहसचिव गोकर्ण दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले यो निर्णय गरेको तथा बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

सिंह हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत छिन् भने बोहरा कार्य विभाग निर्देशनालयमा दरबन्दी भएर ट्राफिकमा कार्यरत छन्।

उनीहरूमध्ये बोहराको पुर्ख्यौली घर सुदूरपश्चिमको अछाम हो भने दुर्गाको घर बैतडी भएर हाल कञ्चनपुर बसोबास छ।

आजदेखि अवकाशमा गएका एआईजी भीमप्रसाद ढकाल र मंसिर २१ गते अवकाशमा पाएका केदार ढकालको रिक्त पदमा उनीहरूलाई सिफारिस गरिएको हो।

एआईजीको ५६ वर्ष उमेरहदका कारण उनीहरू दुवैले अवकाश पाएका थिए। सोही रिक्त पदमा सिंह र बोहरालाई बढुवा सिफारिस गरिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]