१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

भ्रष्टाचारको छानबिन गर्ने अख्तियारलाई १ लाख घुस दिने हाकिम धुर्वप्रसाद सापकोटा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर २९, २०८१

 

सुर्खेत । अछामको मेल्लेख गाँउपालिकाका तत्कालीन हाकिम धुर्वप्रसाद सापकोटा गिरफ्तार भएका छन्। उनी महेन्द्रनगरबाट समातिएका हुन्।

उनी मेल्लेखमा प्रमुख प्रशासकीय अधिकृत छँदा ले मेसिनरी सामान खरिद गर्दा भ्रष्टाचार गरेको भनी परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै थियो। गत मंसिर १० गते परेको उजुरीमा अख्तियारको महेन्द्रनगरस्थित कार्यालयले विस्तृत अनुसन्धान गरिरहेको थियो।

अनुसन्धानको सिलसिलामा स्थलगत मुचुल्का र आरोपीहरूको बयानसमेत सम्पन्न भइसकेको थियो। अख्तियारले त्यस क्रममा उजुरीसँग सम्बन्धित कागजात पेस गर्न कञ्‍चनपुरस्थित कार्यालयमा सापकोटालाई बोलायो। कागजातसहितको पोको बोकेर उनी सोझै अनुसन्धान अधिकृतको कार्यकक्षमा पुगे।

अनुसन्धानमा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी उनले अनुसन्धान अधिकृतलाई कागजात सहितको खाम दिए।

हरियो रङको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात थिए। त्यसैमा रहेको अर्को खामभित्र एक हजार दरका नेपाली नोट ९६ वटा र ५०० दरका ८ गरी जम्मा एक लाख रूपैयाँ निस्किए।

खाम देखेर अनुसन्धान अधिकृत अचम्भित हुँदै सोधे, के हो यो? ‘मुद्दा मिलाइदिन तपाईंको लागि नै स्वेच्छाले ल्याएको हो,’ सापकोटाले जवाफ दिए।

अख्तियारमै घुस खुवाउन खोजेको देखिएपछि सापकोटा तत्कालै गिरफ्तारीमा परिहाले।

उनलाई अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट (शुक्रबार) नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको केन्द्रीय कार्यालयका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

सापकोटा हाल नुवाकोटको किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमा छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]