धनगढी । सुदूरपश्चिम् प्रदेशका डिआईजी गणेश चन्दले आज (सोमबार) हाजिर भएपछि कमाण्ड सम्हाल्ने क्रममा निर्देशन दिएका हुन्।
गत महिनाको २७ गते सरुवा भएका चन्दले मातहत कर्मचारी, जिल्ला प्रहरी कार्यालय एवं अन्य युनिटहरुलाई आवश्यक निर्देशन दिएका छन्।
स्रोतका अनुसार पदभार ग्रहण पश्चात आयोजित परिचयात्मक कार्यक्रममा चन्दले सुदूरपश्चिम प्रदेशको शान्ति सु-व्यवस्था लगायत समग्र बस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिएका थिए।
यस्तै उक्त कार्यक्रममा उनले मातहत समेतका प्रहरी कर्मचारीहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडितमैत्री सहज र द्रुत प्रहरी सेवा, शुसाशन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र ब्यबहारमा सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक अनुशासन, लागू औषध तथा तस्करी नियन्त्रण, जुवातास जस्ता गैरकानूनी कृयाकलापहरुविरुद्व शून्य सहनशीलताका साथ चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढंगले प्रहरी कार्य अगाडि बढाउन निर्देशन समेत दिएका थिए।
हालै बढुवा भएर आएका उनको सुदूरपश्चिम गृहप्रदेशसमेत हो।