२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

दाङको देउखुरी बिजौरीमा अवरुद्ध सडक सुचारू,

Logo
Abc Sanchar प्रकाशित बुधबार, पुष ०३, २०८१

 

दाङ । देउखुरीको राप्ती गाउँपालिक ८ बिजौरीमा अवरुद्ध सडक राति करिव ३ घण्टा पछि सुचारू भएको छ । हिजो बेलुका साढे ७ बजे देखि अवरुद्ध रहेको सडक राति साढे १० बजेबाट सुचारु भएको हो । मंगलबार बेलुका साढे ७ बजेको समयमा गोरखा आइडियल स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिक–८ बिजौरीका अन्दाजी वर्ष ३१/३२ का कृष्णबहादुर शाही (किसन)को घटनास्थलमा मृत्यु भएपछि आक्रोशित भएका मृतकका आफन्तीहरूले लमही–भालुवाङ सडक खण्डको बिजौरीमा बाटो अवरुद्ध गरेका थिए ।

मृतकको परिवारलाई क्षतिपूर्ति, मृतकको श्रीमतीलाई रोजगारी र २ बच्चालाई कक्षा १२ सम्म पढाउने लिखित सहमतिमा बाटो सुचारु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, स्कुल पक्ष, प्रहरी र पिडित पक्ष बसेर सो सहमति गरेका हुन् । राप्ती गाउँपालिका–८ बिजौरीमा पश्चिम देखि पुर्व तर्फ गइरहेको रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लालमटियाको बसले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प २६०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा शाहीको घटना स्थलमा मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

बागलुङ । नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ। स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन्। पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन। घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै […]

काठमाडौं । सशस्त्र प्रहरी बल, प्रधान कार्यालयले आज सूचना जारी गर्दै उनीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ। उनीहरु नेपालका विभिन्न इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छाडी भागि गैर हाजिर रहेको सूचनामा उल्लेख छ। ‘गैर हाजिर रहेकाहरू कुनै पनि किसिमको सम्पर्कमासमेत नरहेकाले यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैर हाजिर […]

error: Content is protected !!