नुवाकोटको देउराली नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन कार्यक्रम
(उमेश खनाल)
नुवाकोट । म्यागङ गाउँपालिका वडा नं. ३ स्थित देउराली प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री बहादुर सिंह लामा (तामाङ)को प्रमुख आतिथ्यतामा गरिएको छ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरी शर्मा, म्यागङ गाउँपालिका उपाध्यक्ष सिता तामाङ, नुवाकोट प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारती लगायत विभिन्न राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैर-सरकारी संघ संस्थाका प्रमुख र प्रतिनिधिहरू, म्यागङ गाउँपालिकाका जनप्रतिनिधिहरू र जिल्लाका स्वतन्त्र पत्रकारहरू लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको क्रममा, नवनिर्मित भवन निर्माणमा योगदान पुर्याउने निर्माण व्यावसायी र प्रहरी कर्मचारीलाई प्रमुख अतिथिको तर्फबाट प्रशंसा पत्र वितरण गरिएको थियो।
कार्यक्रमको समापन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुखबाट प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद मन्तव्य व्यक्त गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ।
प्रहरी चौकी भवनको उद्घाटनले समुदायको सुरक्षा व्यवस्था सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याउने प्रमुख अतिथि मुख्यमन्त्री लामाले विश्वास व्यक्त गर्नुभएको छ।